म्यादी मंगलम (फोटो फिचर)

असल चरित्र

 

मंसिर १० मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सुरक्षार्थ खोटाङका लागि ९ सय ८२ म्यादी प्रहरी आह्वान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार, २ हजार २१ जनाको आवेदन परेको थियो । मागभन्दा दोब्बर बढी आवेदन परे पनि ९ सय ८२ जनासहित केही वैकल्पिक छनोट गरिएको थियो ।

विद्यार्थीदेखि भूतपूर्व सेना तथा प्रहरीले म्यादीका लागि आवेदन दिएका थिए ।

१८ वर्ष पूरा भई ५० वर्ष ननाघेको, सामान्य लेखपढ गर्न जान्ने, राजनीतिक दलसँग आबद्ध नभएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ र फौजदारी अभियोगमा कसुरदार नठहरिएका नागरिक योग्य मानिएको थियो ।

परीक्षामा उत्तीर्ण म्यादी प्रहरीले १५ दिने सुरक्षा व्यवहारसम्बन्धी तालिम लिएपछि नेपाल प्रहरीको जवानसरह तलब, पोसाक र रासन उपलब्ध गराई कार्यक्षेत्रमा खटिनुपर्ने जिप्रका खोटाङले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हलेसी खोटाङमा १२ दिने प्राथमिक कवाज सकाएपछि म्यादी प्रहरी यसरी सुस्ताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार