पूर्वप्रधानमन्त्री प्रचण्डको दाबी– निर्वाचनपछि कम्युनिस्टको बहुमतीय सरकार

 

चितवन । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कम्युनिस्टको बहुमतको सरकार बन्ने दाबी गरेका छन् । माओवादी केन्द्र अध्यक्षसमेत रहेका प्रचण्डले कम्युनिस्टको बहुमतको सरकारले राजनीतिक स्थिरता कायम गर्ने बताए ।

चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उनले शनिवार पश्चिम चितवनको शिवनगरको चुनावी सभालाई सम्बोधन गर्दै दशकौंदेखि नेपाली जनताले चाहेको कुरा यसपालि पूरा हुने आश्वासन दिएका थिए ।

“दशकौँंदेखि नेपाली जनताले कम्युनिस्ट मिलेर काम गरून् भन्ने चाहे पनि कम्युनिस्ट विभाजनको फाइदा दक्षिणपन्थीले लिए,” उनले भन्ने “फुटाऊ र राज गर भन्ने साम्राज्यवादी रणनीतिअनुसारको परम्परा २०१९ देखि चल्दै आए पनि यसपटक हामीले त्यो इतिहास बदल्ने पहल गरेका छौँं । सबै नेपालीका निम्ति खुसीको कुरा यही हो ।”

अहिलेको वाम गठबन्धन चुनावका लागि मात्रै नभई कम्युनिस्ट एकताका लागि भएको उनको भनाइ थियो । बलियो कम्युनिस्ट केन्द्र बनाउने योजनासाथ पार्टी एकता संयोजन समिति निर्माण गरेर अगाडि बढेको उनले सुनाए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार