कम्युनिस्ट फुटाएर काँग्रेसले गरेको द्वन्द्वको खेतिपाती समाप्त : पूर्वप्रधानमन्त्री ओली

झापा । पूर्वप्रधानमन्त्री केपी ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

एमाले अध्यक्षसमेत रहेका ओलीले झापा क्षेत्र नम्बर १ को धुलाबारीमा शनिवार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्बोधन गर्दै एमाले र माओवादी केन्द्रबीचको एकताबाट विपक्षी अत्तालिएको बताए ।

“नेपालका कम्युनिस्ट शक्तिलाई फुटाएर विगतदेखि काँग्रेसले गर्दै आएको द्वन्द्वको खेतीपाती अब समाप्त हुन्छ,” उनले भने, ‘‘आगामी चुनाव देश विकास गर्ने र देश लुट्नेबीचको प्रतिस्पर्धा हो ।’’ आत्मनिर्भरताको अभियानलाई रोक्न गरिँदै आएको घेराबन्दी नेपालका कम्युनिस्ट पार्टीबीचको एकताले तोडिएको उनको धारणा थियो ।

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका उनी चुनावी दौडाहामा छन् ।

वाम गठबन्धनबाट झापा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुरेन्द्र कार्की तथा क्षेत्र नम्बर ३ मा राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन उम्मेदवार बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार