क्रिकेट प्रतियोगिता उद्घाटन खेलमा निङ्लाशैनी विजयी

cricket

बैतडी। आजदेखि सहिद दशरथचन्द स्मृति यू–१९ आमन्त्रण क्रिकेट प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा निङ्लाशैनी क्रिकेट क्लव (एनसिसी)देहिमाडौँं विजयी भएको छ । देहिमाडौँस्थित निङ्लाशैनी खेल मैदानमा भएको खेलमा त्रिलोचन क्रिकेट क्लब गोठलापानीलाई ५८ रनले पराजित गर्दै निङ्लाशैनी विजयी भएको हो ।

टस जितेर ब्याटिङ गर्दै निङ्लाशैनीले प्रकाश नाथको ९४ रनको मद्दतमा ३८ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै २९३ रन बनायो । विजयी लक्ष्य पछ्याउने क्रममा त्रिलोचनले ३८ दशमलव १ ओभरमा सवै विकेट गुमाउँदै २३५ रन मात्र बनायो । त्रिलोचनका लागि लोकेश चन्दले ११० रन बनाएपनि हार भने टार्न सकेनन् ।

यस्तै बुढाबाजे खेल मैदानमा भएको अर्को खेलमा आयोजक दशरथचन्द एकेडेमी क्रिकेट क्लवलाई ५० रनले हराउँदै कालासैनी क्रिकेट क्लव विजयी भयो । टस जितेर ब्याटिङ गरेको कालासैनीले २३ दशमलव १ ओभरमा सवै विकेट गुमाउँदै १३० रन बनायो । विजयी लक्ष्य पछ्याउने क्रममा एकेडेमीले १३ ओभरमा सबै विकेट गुमाउँदै ८० रन मात्र बनायो ।

आइतबार निङ्गलाशैनी खेल मैदान देहिमाडौँमा एनसिसीले एनआरवाइसी बठ्ठाको सामना गर्नेछ भने बुढाबाजे क्रिकेट मैदानमा दशरथचन्द एकेडेमीले त्रिपुरा क्रिकेट क्लवसँग खेल्नेछ । सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहेको प्रतिष्ठानका सचिव नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । बैतडी जिल्ला क्रिकेट सङ्घको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रतियोगिताको विजेताले रु ५० हजार तथा उपविजेताले रु २५ हजार, ट्रफी र प्रमाणपत्र पाउने छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार