दुलही किन्न पाइने बजार


मङ्सिर लागेसँगै विवाहको मौसम सुरु भइसकेको छ । विवाहयोग्य केटाकेटी आफ्ना लागि सुयोग्य जीवनसाथीको खोजीमा लागेका हुन्छन् । तर, कहिलेकाहीँ जति खोजी गर्दा पनि केटाले केटी नपाउने र केटीले पनि केटा नपाउने अवस्था आइपर्छ । जति खोज्दा पनि बरवधू नपाएपछि कसैले बरवधूको बम्पर मेला वा बेहुलाबेहुली बजार खोलिदिए पनि हुन्थ्योजस्तो लाग्छ ।

यसको विकल्प छ । तर, नेपालमा होइन, बुल्गेरियामा । कोही केटा, केटी नपाएर हैरान हुनुहुन्छ भने बुल्गेरिया गए आफ्ना लागि भनेजस्ती बेहुली पाउन सकिन्छ ।

प्रत्येक तीन वर्षमा बुल्गेरियामा दुलही मेला अर्थात् बजार लाग्छ । बुल्गेरियाको स्टारा जागोरमा हरेक तीन–तीन वर्षमा दुलही बिक्रीका लागि राखिन्छन् । यो बजारमा आएर दुलहाले आफूलाई मन परेकी दुलही खरिद गरेर पत्नी बनाउन सक्छन् ।

स्टारा जागोर क्षेत्रमा बसोवास गर्ने गरिब परिवारको छोरीको विवाह गर्न आर्थिक रूपमा समस्या हुन थालेपछि यस्तो मेला आयोजना गरी बेहुली बेच्ने परम्पराको सुरुवात गरेका हुन् । विवाहयोग्य केटीहरू दुलहीको पोसाकमा सजिएर आफन्तसँग मेलामा आउँछन्, यहाँ प्रायः अविवाहित सबै समूहका केटी आउने गर्छन् ।

दुलही किन्नका लागि दुलहासँगै दुलहाका परिवारका अभिभावक तथा सदस्य पनि आउँछन् । केटाले केटी मन पराएपछि केही क्षण उनीहरूलाई कुराकानी गर्न दिइन्छ । कुरा मिलेपछि केटाले केटीलाई पत्नीका रूपमा स्वीकार गर्छ र तोकिएको रकम केटी पक्षलाई तिर्नुपर्छ । यहाँ यस्तो चलन पुस्तौँदेखि चल्दै आएको छ र कानुनी रूपमा पनि कुनै बन्देज छैन । यो मेलामा बुल्गेरियाको कलाइदझी समुदायबाहेकका अन्य कसैले पनि भाग लिन पाउँदैनन् ।

शनिवारबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार