के तुवाचुङ निजी हो ? हलेसी–तुवाचुङ नगरपालिकालाई बेवास्ता गर्नुको नियत के हो ?

हलेसी तुवाचुङ नगरपालिका, खोटाङमा अवस्थित तुवाचुङ किरातीहरुको अदिम भूमि हो । किराती सभ्यताको सुभारम्भ भएको यो क्षेत्र नगरपालिकाको ऐतिहासिक, सास्कृतिक तथा पर्यटकिय केन्द्रको रुपमा रहेको र नगरपालिकाले पनि यसको संरक्षण र विकासको लागि प्रथम नगर सभाबाट गुरुयोजना निर्माण सहितको निती तथा बजेटको व्यवस्था गरिसकेको छ ।

यसै सन्दर्भमा २०७४ मसिर २ गते तुवाचुङ डाँडामा भएको एउटा कार्यक्रमको सम्बन्धमा केही प्रश्न तथा जिज्ञासा मलाई आइरहेकोले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको हैसियतले केही कुरा फेसबुकमार्फत राखेको छु ।

आयोजकले प्रतिमा निर्माण गर्दा देखि नै नगरपालिकासँग कुनै समन्वय गरेको छैन । नगरक्षेत्र भित्र कुनै पनि भौतिक संरचनाको (निजी तथा सार्वजनिक) निर्माण गर्दा नगरपालिकाबाट अनुमति लिनुपर्ने, प्राविधिक कागजपत्र पास गराउनुपर्ने, समन्वय गर्नुपर्ने जुन केही गरिएको छैन

सन्दर्भ हो– किरातीहरुको पुर्खा तायामा खियामा तथा रैछाकुलेको प्रतिमा अनावरण कार्यक्रम जुन कार्यक्रममा नगरपालिकाको जनप्रतिनिधिहरुको उपस्थिति नहुनु । र खास कुरा के हो भने– नगरका जनप्रतिनिधिहरु, सम्बन्धित वडाध्यक्ष लगायत कोही वास्तवमा उपस्थित नभएकै हो । कारण– के आधारमा उपस्थित हुने ? नगरपालिकालाई कुनै पनि औपचारिक पत्र तथा निमन्त्रणा केही पनि आयोजकबाट प्राप्त भएको छैन । पर्सनल्ली फेसबुकमा ट्याग गरिएका फोटोबाहेक कुनै जानकारी नआएको र यसको विषयमा नगरप्रमुख तथा उपप्रमुखसँग पनि नगरपालिकामा कुरा हुदा खबर आउला नि भन्ने भएको हो । र कार्यक्रमको दिनमात्र मौखिक आग्रह गरिएकोले त्यो प्रक्रियामा उपस्थित हुन नसकिने जानकारी आयोजकलाई दिइएको पनि हो ।

र यो असहयोग हैन । आयोजकले प्रतिमा निर्माण गर्दा देखि नै नगरपालिकासँग कुनै समन्वय गरेको छैन । नगरक्षेत्र भित्र कुनै पनि भौतिक संरचनाको (निजी तथा सार्वजनिक) निर्माण गर्दा नगरपालिकाबाट अनुमति लिनुपर्ने, प्राविधिक कागजपत्र पास गराउनुपर्ने, समन्वय गर्नुपर्ने जुन केही गरिएको छैन । अनौपचारिक रुपमा म आफैले यो समन्वयको अनुरोध सम्बन्धितहरुसँग पनि गरेको हुँ । र नगरपालिकाले असहयोग गर्ने भए निर्माण कार्यलाई रोक्न सक्थ्यो जुन कानूनी प्रावधान नै छ, नगरपालिकालाई अधिकार पनि छ । तर पक्कै समन्वयको लागि आयोजक समिति आउनुहुन्छ भन्ने विश्वासमा रह्यौ हामी ।

नगरपालिकालाई कुनै पनि औपचारिक पत्र तथा निमन्त्रणा केही पनि आयोजकबाट प्राप्त भएको छैन । पर्सनल्ली फेसबुकमा ट्याग गरिएका फोटोबाहेक कुनै जानकारी नआएको

यो विषयमा अरु धेरै प्रश्नहरु उठिरहेका छन् जस्तो कि

(१) के तुवाचुङ निजी हो ?

(२) तुवाचुङको विकासको अन्तिम जिम्मेवारी कुनै समितिको हो की सरकारको ?

(३) प्रतिमा निर्माणको आर्थिक श्रोत तथा खर्चको आधार के हो ?

(४) भर्खरै निर्मित प्रतिमाहरुको सुरक्षा कसले गर्ने ?

(५) स्थानीय सरकारको सहभागिता, समन्वय र सहकार्य विना के समितिको उदेश्य पूरा हुन्छ ?

(६) समितिले नगरपालिकालाई बेवास्ता गर्नुको नियत के हो ? प्रश्नहरु धेरै छन् जसको जवाफ नगरपालिकासँग पनि छैन ।

र, यो विषयलाई कुनै पनि राजनीतिक रङ नदिइयोस् । यो समन्वयको अभावको नतिजा हो र सरोकारवालाहरुबीचको आपसी द्न्दको परिणाम हो । नगरपालिका नगरक्षेत्रको विकासमा सबैको साथ चाहान्छ र सिदान्त नै त्यही छ ।

धेरै छ भन्नुपर्ने कुराहरु । यो कार्यक्रममा नगरपालिकाले असहयोग गरेको हैन । आयोजक र नगरपालिकाबीच समन्वय नभएको मात्र हो ।

व्यक्तिगत कुरा गर्दा म आफै पनि किराती संस्कार संस्कृतिको संरक्षण र प्रवर्दनमा, जातीय मुक्तिको आन्दोलनमा, किरात राई विधार्थीहरुको अभियानमा लागेको किराती हो । म आफैले सरकारी कामकाज गरिरहेको अवस्थामा पनि आदिवासी सम्बन्धी विषयहरुमा वकालत गरिरहने व्यक्ति हुँ । म यही हुँदाहुदै पनि कार्यक्रममा उपस्थित हुने वातावरण बन्न सकेन । प्रयास गरेको हुँ । बेवास्ता भएको भन्ने मलाई लागेको छ ।

तथापि नगरपालिकाले समग्र नगरको विकासमा सांस्कृतिक विषयवस्तुलाई ध्यानमा राखी विभिन्न नीति तथा योजना निर्माण गरेको छ । सहकार्यको लागि हार्दिक अनुरोध छ । नगरपालिकालाई नकारात्मकमात्र नसोचौं । अहमता त्याग गरौं ।

र फेरि भन्छु, धेरै छ भन्नुपर्ने कुराहरु । यो कार्यक्रममा नगरपालिकाले असहयोग गरेको हैन । आयोजक र नगरपालिकाबीच समन्वय नभएको मात्र हो । नगरपालिकाले गर्नुपर्ने काम आदरणीय किराती अग्रज व्यक्तित्वज्यूहरुले, समितिले गर्नुभएको छ । उहाँहरुप्रति नगरपालिका हार्दिक आभार व्यक्त गर्दछ । किराती सभ्यताको उदगम भूमिको संरक्षणमा सरकार र जनता मिलेर काम गरौं । मौका यही हो । नगरप्रमुख बिमला राईलगायत सबै वडाध्यक्षज्यूहरु यो विषयमा गम्भिर र सकारात्मक हुनुहुन्छ ।

हार्दिक अनुरोध छ । गलत वातावरण सिर्जना हुने अभिव्यक्ति कृपया नदिनुहोला ।

(किराती हलेसी–तुवाचुङ नगरपालिका कार्यकारी अधिकृत हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार