तेस्रो आँखा डटकम संरक्षकमा भूपेन्द्रकुमार राई


काठमाडौं । तेस्रो आँखा डटकम संरक्षकमा भूपेन्द्रकुमार राईलाई चयन गरिएको छ । मंसिर १३ गते बसेको तेस्रो आँखा डटकम सञ्चालक समिति बैठकले राईलाई संरक्षकमा चयन गरेको हो ।

तेस्रो आँखा डटकमले आफूलाई संरक्षकमा चयन गरेकोमा उनले खुसी व्यक्त गरे । शिक्षा मन्त्रालय शाखा अधिकृतसमेत रहेका उनले तेस्रो आँखा डटकमलाई सकेसम्म निष्पक्ष डिजिटल पत्रिका बनाउन प्रयास गर्ने बताए ।

‘तेस्रो आँखा डटकममा प्रकाशित समाचार सत्य, तथ्य र सन्तुलित बनाउन अभिभावकको भूमिका निर्वाह गर्नेछु,’ संरक्षक भूपेन्द्रकुमार राईले थपे, ‘देश विकासका लागि गाउँको विकास आवश्यक छ । हाम्रै जीवनकालमा आफ्नो गाउँठाउँलाई समृद्ध बनाउन मिडियाको समेत भूमिका हुन्छ । तसर्थ, तेस्रो आँखा सञ्चालक समितिले गरेको आग्रह सहर्ष स्वीकार्दै संरक्षकको भूमिका निर्वाह गर्न तत्पर भएको हुँ ।’

हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम खोटाङनिवासी राई संवत् २०४० देखि नेपाल सरकारका जागिरे छन् । उनी शिक्षा मन्त्रालयका ‘सेक्सन अफिसर’ हुन् । विकासप्रेमी उनी गाउँठाउँको विकासका लागिपर्दै आएका छन् । उनकै परिकल्पनामा हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम चण्डिडाँडा (रावाचुङडाँडा) मा होलेसुङपार्क निर्माण भएको हो । सो पार्कलाई व्यवस्थित र व्यावसायिक बनाउन उनी लागिपरेका छन् ।

संरक्षकमा चयन हुनुभएकोमा भूपेन्द्रकुमार राईलाई तेस्रो आँखा डटकम परिवारको हार्दिक शुभकामना ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार