एसियाका १ अर्ब २० करोड मानिसलाई पानी समस्या


यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम निकै बढ्ने वैज्ञानिकहरूको तर्क छ । संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकाय (आईपीसीसी) ले तयार पारेको प्रतिवेदनअनुसार यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको जलवायुमा निकै परिवर्तन आउने उल्लेख छ । नोबेल शान्ति पुरस्कारसमेत हात पारिसकेको उक्त निकायमा विश्वका दुई हजार वैज्ञानिक तथा नीति–निर्माता संलग्न छन् । यसको सम्मेलन डेनमार्कको कोपनहेगनमा डिसेम्बर ७ बाट सुरु भएको थियो । प्रतिवेदनअनुसार सन् २१०० सम्ममा पृथ्वीको तापक्रममा १ दशमलव ०८ देखि ४ डिग्री सेल्सियससम्म वृद्धि हुनेछ । तर, यसमा थप वृद्धि हुनेसमेत शंका गरिएको छ । प्रतिवेदनले औँल्याएका मुख्य बुँंदा निम्नानुसार छन् :
एसिया
एसियाका १२ करोडदेखि एक अर्ब २० करोड मानिसले आगामी सन् २०२० भित्र पानीको समस्यामा फस्नेछन् । यसैगरी सन् २०५० भित्रमा यस क्षेत्रका साढे १८ करोडदेखि ९८ करोड १० लाखलाई पानीसम्बन्धी सबै समस्याले सताउनेछ । दक्षिण एसियाली क्षेत्रमा खाद्यान्न तथा गेडागुडीको उत्पादनमा ३० प्रतिशतले कमी आउनेछ ।
यसैगरी यस क्षेत्रका समुद्री सतहमा आउने वृद्धिले गर्दा बाढी तथा डुबानको समस्या आइपर्छ । यसैगरी यस क्षेत्रका ठूला नदी याङ्जे, लालनदी, गंगा तथा ब्रह्मपुत्रका तटीय क्षेत्रमा बाढी आउने हुनाले आर्थिक संकट आइपर्ने प्रतिवेदनमा उल्लेख छ । विश्वमा सबैभन्दा बढी जनसंख्या भएको क्षेत्र पनि यही हो । बाढीकै कारण औलो ज्वरो तथा झाडापखाला बढ्ने हुनाले यी रोगको महामारीबाट पनि धेरै मानिसको ज्यान जोखिममा पर्छ ।
हाल विश्वमा महसुस गरिएको तापक्रममा ३ डिग्री सेल्सियसले वृद्धि भए चार किलोमिटरभन्दा कम दूरीमा फैलिएका हिमनदी पग्लिएर समाप्त हुन्छन् । यसबाट हिमालय क्षेत्रमा सुरुमा बाढी र पछि खडेरीको समस्या पर्छ । बाढीपहिरोलाई सामान्य मानिन्छ भने केही समयपछि नदीको बहावमा कमी आउनाले पानीसँंग सम्बन्धित सबै क्रियाकलाप प्रभावित हुनेछन् । हाल भारतीय उपमहाद्वीपमा प्रतिव्यक्ति औसत पानी उपभोग एक हजार नौ सय क्युुबिक मिटर रहेकोमा पानीको अभावका कारण सन् २०२५ भित्रमा पानीको उपभोग प्रतिव्यक्ति एक हजार क्युबिक मिटरमा झार्न बाध्य पारिनेछ ।
अफ्रिका
जलवायु परिवर्तनका कारण उत्पन्न हुने समस्याबाट सबैभन्दा पीडित यही क्षेत्र बन्नेछ । यस क्षेत्रका ९० प्रतिशत मानिसलाई सन् २०८० वा सोभन्दा अगावै पानीसँंग सम्बन्धित समस्या पर्नेछ । यसबाट खाद्यान्न समस्याले विकराल स्वरूप धारण गर्नेछ ।
अन्न उत्पादन हुने अवधि घट्तै जाने हुनाले खेतियोग्य जमिन ५० प्रतिशतले कमी आउँंछ । सन् २०८० वा सो भन्दाअघि सम्ममा ६ करोडदेखि नौ करोड हेक्टर जमिन बाँंझो हुने हुनाले खाद्यान्नको संकट चुलिन्छ । सन् २०८० भित्रमा यस क्षेत्रका २० करोड मानिस खाद्यान्न संकटको मारमा फस्नेछन् । हाल अन्तर अफ्रिकी सहारा क्षेत्रमा विश्वका २५ प्रतिशत कुपोषित मानिसको आवादी छ भने उक्त अवधिसम्ममा उक्त प्रतिशत बढेर ४० देखि ५० प्रतिशत पुग्नेछ । उक्त अवधिसम्ममा विश्वको तापक्रममा २ डिग्री सेल्सियसले मात्र वृद्धि भएमा पनि अफ्रिकाका करिब ५० करोड मानिसलाई खानेपानीको समस्या आइपर्छ । यसैगरी झाडापखाला, मजेन्जाइटिस र डेंगु ज्वरोको मार अझ थपिन्छ ।
यसैगरी नाइल र नाइगरजस्ता ठूला नदीका आसपासमा बाढीले क्षति पु¥याउनाले आर्थिक संकट थपिन्छ ।
युरोप
युरोपमध्ये पनि भूमध्यसागरको नजिक पर्ने मुलुकमा खडेरी बढ्नाले तातो हावा चल्नुका साथै खाद्यान्न उत्पादनमा कमी आउनेछ । उच्च भागमा पर्ने युरोपेली बाढी तथा प्रतिकूल मौसमको समस्या आइपर्नेछ । तापक्रम बढ्ने हुनाले उच्च क्षेत्रमा प्रचलनमा रहेको स्की खेल प्रभावित हुन्छ भने उक्त क्षेत्रका ६० प्रतिशत प्राणी तथा वनस्पति लोप हुनेछन् । उक्त क्षेत्रका नदीका बेंसी क्षेत्रमा हाल पानीको कमीको दर १९ प्रतिशत देखिएको छ भने सन् २०७० भित्रमा उक्त क्रम ३४ देखि ३६ प्रतिशत पुग्ने प्रतिवेदनले औँल्याएको छ ।
युरोपका तटीय क्षेत्रमा हिउँंदमा बाढीको क्रम बढ्छ भने मध्ययुरोपमा हिउँं पग्लिएर आउने बाढीले सताउनेछ । भूमध्यसागरीय क्षेत्रमा जलविद्युत्को उत्पादनमा २० देखि ५० प्रतिशतले कमी आउँंछ भने उत्तरी तथा पूर्वी युरोपमा उक्त दर १५ देखि ३० प्रतिशतसम्म हुनेछ ।
जलवायु परिवर्तनका कारण जैविक विविधतामा ठूलो परिवर्तन आउँंछ । ‘युरोपका धेरै प्राणी तथा वनस्पति लोप हुने जोखिम बढ्छ,’ प्रतिवेदनमा जनाइएको छ ।
अमेरिका
जलवायु परिवर्तनका कारण आँंधीको त्रास बढ्ने हुनाले उत्तर अमेरिकामा प्राणीको अस्तित्व संकटमा पर्छ भने दक्षिण अमेरिकामा भोकमरी बढ्छ । दुवै अमेरिकामा तापक्रममा वृद्धि, पानीको कमी, रोगको महामारी तथा सहरी धूवाँमा वृद्धि हुनेछ । अलास्का र क्यानाडामा हिउँं पग्लिने क्रममा वृद्धि हुने हुनाले सिल, हिउँं भालुलगायतका स्तनधारी प्राणीको अस्तित्व संकटमा पर्छ । तटीय क्षेत्रमा तीव्र रूपमा बढ्दै गएका सहर समुद्री आँंधीको मारमा फस्छन् ।
सन् २१०० को पहिलो दशकमा जलवायु परिवर्तनका कारण वनजंगल तथा कृषि उत्पादनमा वृद्धि हुनेछ । तर, रोग तथा किटाणुको आक्रमणमा पनि वृद्धि हुने भएका उत्पादित सबै खाद्यान्न उपभोग गर्न सकिँंदैन । ल्याटिन अमेरिकामा रहेका हिमनदी सन् २०२० भित्रमा नै लोप हुने हुनाले पानीको समस्या बढ्छ । यसबाट खानेपानी तथा जलविद्युत्लाई असर पर्छ । यसैगरी क्यारेबियन बेसी क्षेत्रमा आँंधीको मारमा पनि वृद्धि हुनेछ ।
सन् २०२० को अन्त्यतिर ल्याटिन अमेरिकामा सात करोडदेखि सात करोड ७० लाख मानिसलाई पानीको समस्या पर्न सक्छ भने सन् २१०० मा उक्त संख्या बढेर १५ करोड पुग्ने प्रतिवेदनमा उल्लेख छ ।
ओसेनिया
प्राणी तथा वनस्पतिको अस्तित्वमाथिको संकट र यसबाट पर्यटन उद्योगमा पर्ने असरमा वृद्धि अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका प्रशान्त महासागरीय टापु राष्ट्रका समस्या हुन् । जलवायु परिवर्तनको समस्याबाट सबैभन्दा बढी प्रभावित हुनेमा दक्षिण पश्चिम अस्ट्रेलियाको ग्रेट ब्यारियर रिफ, काकादु सिमसार तथा जंगली क्षेत्र हुन् । दक्षिणी अस्ट्रेलियामा सन् २०३० भित्रमा पानीको समस्या बढ्नेछ । यस मुलुकको मुरे डार्लिङ बेंसी क्षेत्रमा पानीको बहावमा १० देखि २५ प्रतिशतले कमी आउँंछ । सन् २०५० भित्रमा दक्षिणपूर्वी अस्ट्रेलिया तथा न्युजिल्यान्डमा कृषि तथा वन पैदावरको उत्पादनमा कमी आउनेछ । तर, न्युजिल्यान्डको दक्षिण तथा पश्चिमी भागमा भने कृषि उत्पादनमा वृद्धि आउनेछ ।
जलवायु परिवर्तनका कारण सुवा, फिजी, अपिया तथा सामोवाजस्ता बन्दरगाहमा पानीको सतह आधा मिटरले वृद्धि हुनेछ । यसका साथै आँंधीको मार पनि बढ्ने हुनाले यस क्षेत्रमा सन् २०३० पछि कृषि उत्पादनमा कमी आउनेछ ।
ध्रुवीय क्षेत्र
आर्कटिक
जलवायु परिवर्तनको क्रमसँंगै आर्कटिक क्षेत्रको हिउँंमा सन् २१०० भित्रमा २२ देखि ३३ प्रतिशतले कमी आउनेछ । आर्कटिक क्षेत्रका हिमनदी, हिमचुचुरा, ग्रीनल्यान्ड क्षेत्रमा रहेको हिउँंमा असर पर्छ तर यस क्षेत्रबारे बढी अध्ययन गरिएको छैन ।
उत्तरी गोलाद्र्धमा सन् २०५० भित्रमा हिउँंको परिमाणमा २० देखि ३५ प्रतिशतले कमी आउँंछ । यसबाट स्थानीय पर्यावरण चक्रमा असर पार्छ आर्कटिक क्षेत्रका ४० लाख मानिसलाई यसले असर पार्नेछ ।
अन्टार्कटिका
अन्टार्कटिका प्रायद्वीपमा हिउँं पग्निलेक्रम बढ्नेछ । वर्षायाममा देखिने समुद्र (समर सी) पूर्ण रूपमा लोप हुने शंका छ । तर, यस क्षेत्रमा आएको पर्यावरणीय परिवर्तन मानिसको आचरणका कारण नभई सन् १२ हजार वर्षअघि देखापरेको हिमयुगको असरका कारण यस्तो भएको केही विज्ञको ठहर छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार