पूर्वमन्त्री केसीलाई हराउँदै पूर्वलडाकु राई

 

बायाँबाट कालो टोपी लगाउने हेमकुमार राई ‘सुरवीर’

सोलुखुम्बु । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सोलुखुम्बुमा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्रीसमेत रहेका काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई ३,१६७ बढी मतान्तरले पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमान्डर रहेका नेकपा माओवादी केन्द्र पोलिटव्युरो सदस्य हेमकुमार रार्ई विजयी भएका हुन् । राईले २० हजार ९१२ र केसीले १७ हजार ७४५ मत ल्याएका थिए ।

प्रदेशसभा (क) मा वाम गठबन्धनका उत्तमकुमार बस्नेत विजयी भएका छन् । बस्नेतले काँग्रेसका प्रकाशसिंह कार्कीलाई पराजित गरेका हुन्। बस्नेतले १० हजार ६६७ र कार्कीले आठ हजार ८४६ मत ल्याएका छन् ।

प्रदेशसभा (ख) मा वाम गठबन्धनका तर्फबाट एमालेका बुद्धिकुमार राजभण्डारी विजयी भएका छन् । राजभण्डारीले काँग्रेसका पूर्वजिल्ला सभापतिसमेत रहेका नेता आङगेलु शेर्पालाई पराजित गरेका थिए। राजभण्डारीले १० हजार ३८७ र शेर्पाले सात हजार ९२९ मत प्राप्त गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार