काठमाडौँ–१ मा काँग्रेस नेता सिंह विजयी

काठमाडौँ । काठमाडौँ क्षेत्र नं १ मा काँग्रेस नेता प्रकाशमान सिंह विजयी भएका छन् ।

नेता सिंहले निकटम प्रतिद्वन्द्वी विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई ८१८ मतले पछाडि पार्दै विजयी भएका हुन् ।

काठमाडौँ क्षेत्र नम्बर १ सहायक निर्वाचन अधिकृत कृष्ण नेपालले काँग्रेस नेता सिंहले १० हजार ९३६, विवेकशील साझाका मिश्रले १० हजार ११८ र वाम गठबन्धनका अनिल शर्माले पाँच हजार ३३६ मत प्राप्त गरेको जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार