सुनुवारद्वारा खतिवडा पराजित


काठमाडौँ । ओखलढुंगा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका यज्ञराज सुनुवार ३२ हजार ५८० मत ल्याएर विजयी भएका छन् ।

एमालेका सुनुवारका निकटतम प्रतिस्पर्धी काँग्रेसका रामहरि खतिवडाले २७ हजार ३२७ मत प्राप्त गरेको ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए ।

ओखलढुंगामा सुनुवार र खतिवडा दुवै लोकप्रिय नेता भएकाले कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि मतगणनाको सुरुवाती अग्रता लिएका सुनुवार अन्ततः फराकिलो मतान्तरले विजयी भएका हुन् ।

एमाले केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इन्चार्ज सु्नुवार विद्यार्थी राजनीतिदेखि नै सक्रिय हुन् ।

२०५३ मा रत्नराज्य क्याम्पस र २०५५ मा महेन्द्ररत्न क्याम्पस ताहाचलमा स्ववियु सभापति निर्वाचित सुनुवारले अनेरास्ववियु अध्यक्षमा ठाकुर गैरेसँग पराजित भएपछि जिल्लाको राजनीतिक यात्रा सुरु गरेका थिए।

ओखलढुंगामा एमालेको तीनपटक कार्यालय प्रमुख सुनुवार २०६४ मा ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा पराजित भएका थिए । उनी २०७० मा करिब तीन हजार ५०० मतान्तरले काँग्रेसका बालकृष्ण दाहाललाई पराजित गरेर विजयी भएको थिए।
सुनुवार र खतिवडा दुवै प्रभावाशाली युवा नेताको पहिचान बनाएका नेता हुन् ।

ओखलढुंगा प्रदेशसभा (क) मा एमालेका अम्बिरबाबु गुरुङ १८ हजार ९८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मित्रसेन दाहालले ११ हजार ९०६ मत प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार