माओवादी केन्द्र प्रवक्ता भुसाल ललितपुर ३ बाट विजयी

ललितपुर । माओवादी केन्द्र प्रवक्ता पम्फा भुसाल ललितपुर–३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् ।

विजयी भुसालले २४ हजार ३६ मत पाएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३२९ मत पाएका थिए ।

भुसाल दोस्रोपटक यस क्षेत्रबाट विजयी भएकी हुन् । उनी यसअघि २०६४ मा भएको संविधानसभा निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएकी थिइन् । सुश्री भुसाल प्रतिनिधिसभामा काठमाडौँ उपत्यकाबाट विजयी घोषणा भएको पहिलो महिला उम्मेदवार हुन् ।

भुसाल लामो समयदेखि ललितपुर क्षेत्रमा बसोबास गर्दै आएकी हुन् । तत्कालीन नेकपा माओवादी सरकारमा हुँदा उनी तीनपटक मन्त्री भइसकेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार