मुन्दुम रिलुङ प्रकाशनार्थ खाम्बातिम केन्द्रलाई बेलायतबाट ५ लाख ६१ हजार २९० सहयोग

काठमाडौं । किरात राई चाम्लिङ खाम्बातिम, बेलायतले मुन्दुम रिलुङ प्रकाशनका लागि खाम्बातिम केन्द्रलाई ५ लाख ६१ हजार २ यस ९० रुपैयाँ सहयोग गरेको छ ।

किरात राई चाम्लिङ खाम्बातिम, केन्द्रीय कार्यसमिति अध्यक्ष युवराज राईलाई बेलायत कोषाध्यक्ष नवराज राईले ५ लाख ६१ हजार २ यस ९० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण गर्दै खाम्बातिम, बेलायत कोषाध्यक्ष नवराज राईले केन्द्रले गर्ने शुभकार्यमा बेलायतको सदैव साथसहयोग रहने प्रतिबद्धता जनाए ।

खाम्बातिम, बेलायत सल्लाहकार अमर राईले आफ्नो गाउँबाट टाढा रहेकालाई भाषा संस्कृतिको माया धेरै हुने भएकाले मुन्दुमको शृंखला कामयावी हुने जिकिर गरे ।

किरात मुन्दुम दर्शन अध्ययन तथा अनुसन्धान कार्यसमिति अध्यक्ष जयकुमार राईले सबैको साथसहयोगबाट मुन्धुमका महत्वपूर्ण किताब प्रकाशन गर्न सफल भएकोमा गौरव गरे । अध्यक्ष राईले भने, ‘जति धेरै भाषामा मुन्दुम आउँछ, त्यति नै राम्रा कुरा भेटिन्छन् ।’

किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय समिति अध्यक्ष युवराज राईले खाम्बातिम केन्द्रको अनुरोध स्वीकार्दै रिलुङ प्रकाशनका लागि सहयोग रकम उपलब्ध गराएकोमा खाम्बातिम बेलायतप्रति कृतज्ञ रहेको बताए ।

अध्यक्ष राईले रिलुङमा रिलुङ प्रकाशनार्थ दाताको नाम विभिन्न कारणले उल्लेख गर्न नमिले पनि थप छलफल गर्न सकिने बताए । खाम्बातिम बेलायतले रिलुङमा दाताको नाम उल्लेख गर्न अुनरोध गरेको थियो ।

खाम्बातिम केन्द्रले मुन्दुम रिलुङ प्रकाशनका लागि खाम्बातिम, बेलायतलाई सहयोग मागेको थियो । उसल गत अक्टोबर २०, २१ र २२ मा मुन्दुम रिलुङ प्रकाशन सहयोगार्थ बेलायतमा देउसीभैलो खेलेको थियो ।

खाम्बातिम बेलायत महासचिव ईश्वर चाम्लिङका अनुसार, देउसीभैलो तीन दिन खेलिए पनि नोभेम्बर २० सम्म सहयोग संकलन गरिएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार