लोपोन्मुख बाली संरक्षणका लागि बीउ बैङ्क

makai

म्याग्दी। लोपोन्मुख बाली संरक्षणका लागि म्याग्दीको बगरफाँटमा पहिलोपटक ‘चेतना सामुदायिक बीउ बैङ्क’ स्थापना गरिएको छ ।

समुदायमा आधारित जैविक विविधता संरक्षण तथा प्रवद्र्धन (सिवियम) परियोजना अन्तर्गत जिल्ला कृषि विकास कार्यालयले धान, मकै, गहुँ, कोदो, भटमास, बोडी, घिरौंला, सागलगायतका खाद्य बालीका बीउ बैङ्क स्थापना गरेको हो । स्थानीयस्तरमा भएका तथा अन्य जिल्लाबाट समेत सङ्कलन गरेर बीउ बैङ्क स्थापना गरिएको चेतना सामुदायिक बीउ बैंक स्थापना गरिएको बीउ बैंकका अध्यक्ष जीतबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपभोक्तामुखी बाली प्रजनन्द्वारा विकसित नयाँ धान तथा कोसेबालीको जात प्रवद्र्धनका लागि बीउ बैङ्क स्थापना गरिएको हो । जसमध्ये अधिकांश स्थानीयस्तरमा पाइने भए पनि लोपोउन्मुख अवस्थामा छन् । स्थानीयस्तरमा उपलब्ध हुनसक्ने तर लोपोन्मुख अवस्थामा रहेका धान तथा अन्यबालीको प्रवद्र्धनका लागि एउटा छुट्टै भवन स्थापना गर्न लागिएको संस्थाले जनाएको छ ।

जिल्ला कृषि विकास कार्यालय र समुदायको गरी रु ६ लाख बराबरको लगानीमा बीउ बैङ्कका लागि यसैवर्ष भवन निर्माण थालिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार