महिनामा ५० हजारको कपडा लगाउने नायिका आशिका तामाङको अनेक रूप (फोटो फिचर)

आशिका तामाङ चलचित्र ‘सुश्री’ की नायिका तथा निर्मातासमेत हुन् । नायिका तामाङ स्टाफ नर्स हुन् । उनी जर्मनीमा कार्यरत छिन् ।

‘भविष्य ?’ उनले भनिन्, ‘नेपालमै खोज्ने हो । अहिलेसम्म मेरो हरियो पार्सपोर्ट नै छ । रातो पासपोर्टमात्रै होइन, जर्मनीको नागरिकतासमेत लिएको छैन । मैले रातो पासपोर्ट नलिएकोमा साथीहरू अचम्म मान्छन् ।’

जर्मनीमा कार्यरत उनलाई नेपाल नै प्यारो लाग्छ । ‘समाजमा पाच्य फेसन गर्न मन पर्छ,’ कपडाको प्रसंग जोड्नबित्तिकै उत्साहित हुँदै उनले जानकारी गराइन्, ‘अरूले लगाइरहेकोभन्दा फरकखालको कपडा लगाउन मन पर्छ । महिनामा पाँच सय युरो अर्थात् नेपाली ५० हजार रुपैयाँ कपडामा खर्च गर्छु ।’ कपडामा नुडमोह छँदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार