२० वर्ष किसानी गरेपछि मासिक २५ सय पेन्सन

farmarकाठमाडौं । सरकारले २० वर्ष किसानी गरेको र ६० वर्ष पुगेका किसानलाई सरकारले मासिक २ हजार ५ सय पेन्सन दिने भएको छ । उसले यसै वर्षबाट किसानलाई पेन्सन वितरण गर्ने तयारी गरेको हो ।

पेन्सन कोष खडा गरी सरकार र किसानले रकम जम्मा गरेर वितरण गर्ने अवधारणा अघि सारिएको छ । कृषि विकास मन्त्रालयले किसानलाई पेन्सन वितरण गर्ने विषयमा अध्ययन गरी प्रतिवेदन तयार गरिसकेको छ । जसमा किसानलाई पाँच भागमा वर्गीकरण गरिएको छ ।

सरकारले ७० वर्षमाथिका नागरिकलाई वृद्धभत्ता उपलब्ध गराउँदै आएको छ । अरु कुनै सामाजिक सुरक्षा भत्ता लिइरहेकाहरुले भने भत्ता वा पेन्सनमध्ये एक रोज्नु पर्ने छ । यसले कृषि पेसाप्रति नागरिकको सम्मान बढ्नुका साथै उत्पादन पनि बढ्ने अपेक्षा गरिएको कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले बताए । सात प्रदेशको सात जिल्लाको गरिब गाविसबाट पेन्सन वितरण सुरु गर्ने तयारी भएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार