नाकलाई यसरी स्वस्थ राख्न सकिन्छ

लोकनाथ खनाल

तपाईंको नाक बन्द भइरहन्छ ? वा नाकभित्र मासु पलाउँछ । समय–समयमा नाथ्री फुटिरहन्छ ? त्यसो हो भने घरेलु उपचार र प्राणायामबाट नाक स्वस्थ राख्न सकिन्छ । नाकलाई यसरी स्वस्थ राख्न सकिन्छ ।

–नियमित शुद्ध प्राणवायु ग्रहण गर्ने ।

–भस्त्रिका, अनुलोम–विलोम आदि प्राणायाम नियमित गर्ने ।

–जलनेती, रबर नेतीको अभ्यासले नाक तथा मस्तिष्क शुद्ध राख्छ ।

–नाक बन्द हुने तथा नाकभित्र मासु पलाउने समस्यामा जलनेती, सूत्रनेती उपयोगी हुन्छ ।

–नाक बन्द हुन्छ, मासु पलाएको छ भने गाईको गोबरको रस छानेर दुई–तीन थोपा हाल्ने र पछि पानीले सफा गर्ने ।

–हरियो धनियाँ र पुदिनाको चट्नी खाने ।

–नाथ्री फुट्ने समस्या भए अनारको रस हाल्ने ।

–दुबोको रस पनि नाथ्री फुट्ने समस्यामा उपयोगी हुन्छ ।

–नाकमा शुद्ध घिउ लगाउँदा फाइदा हुन्छ ।

–बदाम रोगन पनि नाकका लागि उपयोगी हुन्छ ।

–मनतातो पानीमा नुन हाले राम्रोसँग नाक सफा गर्ने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार