प्रधानमन्त्री देउवाको पुत्ला खोसिएपछि झडप

काठमाडौँ । प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै अनेरास्ववियुले मंगलवार दिउँसो गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोग प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवको पुत्लासहित प्रदर्शन गरेको थियो ।

त्रि–चन्द्र क्याम्पस अगाडि विद्यार्थीले प्रधानमन्त्री देउवा र प्रमुख निर्वाचन आयुक्त यादवको पुत्ला प्रहरीले खोसेपछि झडप भएको अनेरास्ववियु उपाध्यक्ष सुनिता बरालले जानकारी गराइन् ।

पुत्ला खोस्ने क्रममा प्रहरीले लाठी प्रहार गरेपछि विद्यार्थीले ढुङ्गा हान्न थालेपछि प्रहरीबाट अश्रुग्यास प्रहार गरिएको थियो । अश्रुग्यास प्रहारपछि विद्यार्थी तितरबितर भएका थिए ।

लाठी प्रहारबाट अनेरास्ववियु उपाध्यक्ष महेश बर्तौला र महासचिव ऐन महर घाइते भएका छन् । बर्तौलाको टाउको र महरको खुट्टामा चोट लागेको छ । बर्तौलाको टाउकामा १७ टाँका लगाइएको सचिव समिक बडालले जानकारी दिए। दुवको प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार