प्रदेश राजधानी माग्दै रिलेअनशन

मोरङ । मोरङ मुस्लिम समाजले विराटनगरलाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर्नुपर्ने माग गर्दै मंगलवार अपराह्नदेखि रिले अनशन थालेको छ ।

विराटनगरको बुधहाट चोकस्थित बी प्लटमा थालिएको रिलेअनशनमा ताजिम अहमद, साहव अहमद गड्डु, मोहम्मद नसरुल, सम्स आलम र नासिर अहमद बसेका छन् ।

विराटनगरलाई राजधानी घोषणा नभएसम्म अनशन जारी रहने समाज प्रवक्ता वसिम आलमले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार