एउटै व्यक्तिलाई पटक–पटक सांसद नबनाऊ


काठमाडौँ । माओवादी केन्द्रको सहायक संगठन वार्इसीएल नेपालले एकपटक समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भएकालाई पुनः नदोहोर्याउन आग्रह गरेको छ ।

वार्इसीएल केन्द्रीय समिति बैठकले समानुपातिक प्रणालीबाट गएकालाई नै पटक–पटक मन्त्री बनाउने प्रणालीको अन्त्य गर्न पार्टी नेतृत्वलाई ध्यानकर्षण गराएको छ ।

वार्इसीएलले वाम गठबन्धनलाई एकतामा रूपान्तरण गर्न र नेपाली जनताको चाहनाअनुसार नै तत्काल एकताको प्रक्रिया टुंगो लगाउन माओवादी केन्द्र र एमालेलाई आग्रह गरेको छ । उसले पार्टी एकतामा जनयुद्ध, जनभावना र क्रान्तिकारी मूल्य र मान्यतालाई आत्मसात् गर्नसमेत ध्यानकर्षण गराएको छ ।

रोल्पाका सहिद परिवार मंगले दम्पतीको परिवारलाई पार्टी नेता वर्षमान पुनले आवासको व्यवस्था गरेकामा धन्यवाद दिँदै वार्इसीएलले लत्ताकपडा र घरायसी सामग्री व्यवस्था गर्ने निर्णय गरेको छ । वृद्ध दम्पतीलाई भरणपोषणमा सहयोग गर्ने निर्णयसमेत गरेको अध्यक्ष सापकोटाले जानकारी दिए।

यसैगरी, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वामगठबन्धनविरुद्ध लागेका केही नेता तथा कार्यकर्तालाई कारबाही गरिएको वार्इसीएलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार