ऋणपत्रमा करिब चार अर्बको आवेदन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले जारी गरेको रु १० अर्बको विकास ऋणपत्रमा तीन अर्ब ७४ करोड बराबरको आवेदन परेको हो ।

nepal rastra bankराष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले आज पहिलो दिन सामान्य रुपमा आवेदन परेको जानकारी दिनुभयो । आगामी केही दिन उक्त ऋणपत्रमा आवेदन दिने समय भएकाले आवश्यक मात्रामा आवेदन पर्ने उहाँले बताउनुभयो ।

बैंकले यसअघि बैंक तथा वित्तीय संस्थामा रहेको रु ४९ अर्ब आठ करोडमध्ये बोलकबोलबाट रु ४० अर्बको ऋणपत्र खरिद गरी तरलता प्रवाह गरेको थियो । बैंकले सोमबार रु ५० करोडको टे«जरी बिल निस्काशन गर्न लागिएको जनाएको छ । सो बिलको अवधि ९१ दिन हुने बैंकको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार