फोनमै आँसु झार्नेलाई सम्झाउँदै अनिला

जगत नवोदित

सुमधुर स्वरकी धनी अनिला राईलाई केवल गायिकामात्र भनिदिने हो भने अन्याय हुन जान्छ । उनी गायिका जति हुन्, त्यत्तिकै जिम्मेवार नन्दराज राईको अर्धांगिनी र हुर्कंदै गरेका नानीहरूका लागि ममतामयी आमा ।

बेलायतको यो व्यस्त घडीमा, भ्याइनभ्याई समयको चापमा पनि गायिका राईले आफ्नो सिर्जना यात्रालाई रोकेकी छैनन् । कहिले उत्तरको क्याट्रकीमा आफ्नो प्रतिभा उनले प्रस्तुत गर्छिन् भने कहिले दक्षिणको मैड्स्टोनमा आफ्नो कला प्रदर्शन गर्न भ्याएकी छन् ।

बाबा गंगाराम राई र आमा सत्यवती राईकी सुपुत्री अनिलाको जन्मथलो दिनुवा बतासे खोटाङ हो । जीवनयात्राको बाटो हिँड्नेक्रममा काठमाडौंमा धेरै स्कुलिङ सकेकी गायिका अनिलाले पाटन कलेजमा स्नातक तहसम्मको अध्ययन गरेकी छन् ।

 

त्यसो त १५ वर्षअघि बेलायत आउनुअगावै नै अनिला राईले आफ्नो कलाकारितामा निकै फड्को मारिसकेकी थिइन् । टाइम्स एफएममा कार्यक्रम प्रस्तोताका रूपमा उनले अनुभव सँगालेकी सांगीतिक कार्यक्रमको सिलसिलामा उनी बहराइन पनि पुगिसकेकी थिइन् ।

नारायण गोपाल र तारादेवीलाई आफ्नो आदर्श गायक–गायिका मान्ने आज उनको सिर्जनाकर्मको कुरा गर्दा सुन्नुहोस् डटकमलाई भुल्न हुँदैन । यो इन्टरनेट सञ्जालमार्फत उनी आज संसारभरिका श्रोताका लागि विभिन्न कार्यक्रम निर्माण गरी बाँडिरहेकी छन् । उनको कथा प्रस्तुतिको मार्मिकताले कति फ्यानले फोनमै आँसु झारेकोसमेत उनीसँग अनुभव छ । गम्भीर रुचि र आत्मविश्वासले सिर्जना यात्रामा यात्रावत् उनको सिर्जनात्मक पाइलाले भविष्यमा धेरै फड्को मार्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार