रावासावा साहित्य प्रतिभा पुरस्कार बेलायतवासी ईश्वर चाम्लिङलाई


काठमाडौं । कवि तथा गीतकार र्इश्वर चाम्लिङ रावासावा साहित्य प्रतिभा पुरस्कारबाट पुरस्कृत हुने भएका छन् ।

साहित्यमा अतुलनीय योगदान पुर्याएको भन्दै कवि तथा गीतकार चाम्लिङलाई पुरस्कृत गर्ने निर्णय गरेको रावासावा प्राज्ञिक समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पुरस्कार राशि १० हजार रुपैयाँ रहेको छ ।

‘सरप्राइज, सरप्राइज । प्रेस विज्ञप्तिमा नाम आएछ । धेरै खुसी लागेको छ । मभन्दा पनि मभित्रको रात दिन खोटाङ पुकार गर्ने खोटाङेमन खुसी भएको छ,’ आफू पुरस्कृत हुने भएपछि भूतपूर्व गोर्खा सैनिक चाम्लिङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जुन धूलोमा म जन्में, जुन हिलोमा म हुर्कें, त्यो मेरो रगतको रङमा रातो भएर बसेको छ । त्यो रातो रङ मेरो रगतबाट चाहेर पनि छुट्ने छैन । प्रेम र सम्मान गरिरहनेछु– आमा तिमीलाई, खोटाङ तिमीलाई ।’

इमिडियाहबयुके प्रमुख कार्यकारी अधिकृतसमेत रहेका समाजसेवी ईश्वर चाम्लिङले गरिमामय रावासावा साहित्य प्रतिभा पुरस्कारका लागि रावासावा प्राज्ञिक समाजप्रति स–सम्मान आभार व्यक्त गरेका छन् ।

समाजले रावासावा कला प्रतिभा पुरस्कार गायिका सत्यकला रार्इलाई प्रदान गर्ने भएको छ । उसले प्रत्येक दुर्इ–दुई वर्षमा कला, साहित्य, संस्कृति, समाजसेवालगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउनेलार्इ खोटाङेलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।

यसैगरी, साहित्यकार मदन रार्इ ‘लामाखुले’ लार्इ रावासावा साहित्य सम्मान, पूर्वशिक्षक लक्ष्मीदास राजभण्डारीलार्इ रावासावा शिक्षा सम्मान, कलाकार लक्ष्मी गिरीलार्इ रावासावा कला सम्मान र समाजसेवी मनिकुमार रार्इलार्इ रावासावा समाजसेवा सम्मान प्रदान गरिने रावासावा प्राज्ञिक समाज अध्यक्ष शान्तिराम राई र महासचिव बम बानियाँद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार