रहरै–रहरमा गोठको बहर बेच्नु नपरोस्

हिजोआज अनलाइन म्यागेजिन सञ्चालनमा ल्याउनेको ‘क्याराभान’ नै छ । जोकोहीले अनलाइन म्यागेजिन सञ्चालनमा ल्याउनु राम्रो हो होइन, त्यसमा विवाद गर्नुभन्दा सञ्चालनमा आएकाले पत्रकारिताको मूल्य र मान्यतामा रहेर भूमिका निर्वाह गरेको छ कि छैन भन्ने प्रधान कुरा हो ।

asal charitraरहरै रहरमा थालेको कुनै पनि कामले गोठको बहर बेच्न नपरोस् । बहर बेचेरै भए पनि सञ्चालनमा आएको अनलाइन म्यागेजिनले पत्रकारिताको मूल्य र मान्यतालाई आत्मासात् गरेमात्रै उसको अभीष्ट पूरा हुनेछ । होइन भने सञ्चार व्यवसायीमात्रै बन्ने लोभमा अनलाइन म्यागेजिन सञ्चालनमा ल्याउनुको अर्थ छैन । त्यसो हो भने त सञ्चालनमा रहेको अनलाइन म्यागेजिन नै काफी छ नि । किन चाहियो अन्य ?

मानिसका दुई आँखा हुन्छन् । सबैलाई ज्ञात भएकै कुरा हो । तर, दोस्रो आँखाले देख्न नसकेका कुरा तेस्रो आँखा डटकमले उजागर गर्नुपर्छ । त्यसमा उसको सफलता ठानिन्छ । हालै सञ्चालनमा आएको तेस्रो आँखाले त्यो काम पूरा गर्यो भने असंख्य अनलाइन म्यागेजिनको भीडमा विशिष्टता हासिल गर्नेछ ।
  दुर्छिम–१, साल्तेम्मा खोटाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार