शिक्षण अस्पताल पुगेर भोजपुर हातेमालो समाजद्वारा शान्ता राई आर्थिक सहयोग


काठमाडौं । भोजपुर हातेमालो समाज युएईले साबिक गोगने–७ भोजपुरकी शान्ता राईलाई पुनः १८ हजार ५ सय हस्तान्तरण गरेको छ । समाजले युएई सदस्य राजिन राईद्वारा संकलित रकम शिक्षण अस्पताल काठमाडौंमा उपचाररत राईलाई हस्तान्तरण गरेको हो ।

उसले यसअघि ४० हजार रुपैयाँ हस्तान्तरण गरिसकेको छ । अस्थायी रूपमा धरान बस्दै आएकी शान्ता तीन वर्षअघि वैदेशिक रोजगारीमा इराक पुगेकी थिइन् । घरेलु कामदारका रूपमा इराक रहँदा शारीरिक यातनाले उनको अवस्था चिन्ताजनक रहेको थियो । उनको अवस्था चिन्ताजनक रहँदासमेत इराकी सरकार र प्रहरी प्रशासनद्वारा नेपाल पठाइएकी राईलाई उपचार खर्च व्यवस्था गरिएको थिएन । राईको ढाड र दुवै खुट्टामा समस्या देखिएको छ । उनको धरानमा दुई हप्ता र त्यसपछि काठमाडांैस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

दुई चरण गरी ५८ हजार ५ सय रकम सहयोग गरिएको समाजका कार्यक्रम संयोजक अवतार योन्जनले जानकारी दिए । संयोजक योन्जनका अनुसार युएईमा कार्यरत भोजपुरेको संलग्नतामा स्थापित भोजपुर हातेमालो समाज युएईले सामाजिक क्षेत्रको विविध विषयमा काम गर्ने योजना तथा लक्ष्य राखेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार