लिब्जुभुम्जु डटकम सञ्चालनमा


काठमाडौं । २४ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको ‘लिब्जुभुम्जु’ पत्रिकाको अनलाइन संस्करण लिब्जुभुम्जु डटकम सञ्चालनमा आएको छ ।

राष्ट्रगान सर्जक व्याकुल माइलाले गत शुक्रवार उद्घाटन गरेको लिम्बुभुम्जु डटकमले ‘मातृभाषाको उत्थान र सत्य खबरको पहिचान’ नारासहित देश–विदेशमा छरिएका मातृभाषीलाई समेट्ने जनाएको छ ।

‘आफ्नो पहिलो कृति वाम्बुले राई मातृभाषामा प्रकाशन गर्न लागेको छु,’ माइलाले जानकारी गराए, ‘राष्ट्रगान सर्जक बन्नुअघि मातृभाषा वाम्बुले र नेपालीमा सिर्जना गर्थें । मेरो पहिलो काव्य कृति ‘बीउ अक्षर’ केही समयभित्र प्रकाशन हुँदै छ ।’ राष्ट्रगानका सर्जक हुनुअघि उनले ‘नेपाली गीतिसंग्रह’ (दुई सय स्रष्टाका संयुक्त गीतिसंग्रह, २०५९) सम्पादन गरेका थिए । त्यसयता उनको रचनामा चार गीतिएल्बम प्रकाशित छन् ।

‘छापा माध्यमबाट संसारका विभिन्न कुनामा रहेका मातृभाषीलाई समेट्न असम्भव भएकाले अनलाइन संस्करण सुरु गरिएको हो,’ पत्रिकाका प्रधानसम्पादक गणेश वाम्बुले राईले बताए । यसैगरी, लिम्बुभुम्जु डटकम सम्पादक मिलनकान्छा किराती, साहित्यकार शुभचन्द्र राई (सुवास), राजनीतिकर्मी भीम राई, प्राविधिक नवीन कुँवरलगायतले विचार व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार