तेस्रो आँखा डटकम सम्पादक सुरेश यक्सोको अगुवाइमा दर्जीको उपचारार्थ ७३ हजार


काठमाडौं । प्यारालाइसिसपीडित धनकुटाका एक गंगाबहादुर दर्जीको उपचारका लागि देश–विदेशमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

आर्थिक अवस्था दयनीय भएका कारण उपचार गर्न नसकी थलिएर कष्टकर जीवन बिताइरहेका धनकुटा–३ का ६४ वर्षीय गंगाबहादुर दर्जीको उपचारार्थ हङकङनिवासी सुरेश यक्सो लिम्बूको अगुवाइमा उपचार सहयोगार्थ ७३ हजार रकम उपलब्ध गराइएको हो ।
आर्थिक सहयोग संकलनका लागि धनकुटा–३ का वडाध्यक्ष विकास घिमिरेलगायतले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । देश–विदेशबाट प्राप्त रकम वडाध्यक्ष घिमिरेले पीडित दर्जीलाई हस्तान्तरण गरेका हुन् ।

प्यारालाइसिसले थलिएपछि आर्थिक अभावका कारण दर्जीको उपचारमा समस्या भएको छ । उनको उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजानुपर्ने भएकाले थप समस्या भएको परिवारले जनाएको छ ।

दर्जीको दयनीय अवस्था थाहा पाएर मानवताको हिसाबले आफूहरूले सहयोग उपलब्ध गराएको तेस्रो आँखा डटकमका सम्पादक सुरेश यक्सोले टेलिफोनमा जानकारी गराए । विपन्न परिवार र रोगका कारण कष्टकर जीवन बिताइरहेका दर्जीको उपचारमा सहयोग गर्न यक्सो र वडाध्यक्ष घिमिरेले सबैमा अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार