ससेज खाने महिलालाई स्तन क्यान्सर


काठमाडौं । प्रशोधित मासु खानेलाई स्तन क्यान्सरको पाँच गुणा बढी खतरा बढ्ने एक अनुसन्धानले निष्कर्ष निकालेको छ ।

२ लाख ६० हजार बढी महिलाको स्वास्थ्य विवरणको विश्लेषण र आनीबानीका आधारमा अनुसन्धान टोलीले दैनिक नौ ग्राम बढी प्रशोधित मासु खाने महिलामा स्तन क्यान्सरको जोखिम पाँच गुणा बढ्ने जनाइएको छ ।

एक सातामा दुई ससेज खानु भनेको स्तन क्यान्सरको खतरा बढाउनु मानिएको हो ।

इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलविइङ प्राध्यापक जिल पेलको टोलीले गरेको अनुसन्धानको जानकारी युरोपियन जर्नल अफ क्यान्सरमा दिइएको छ ।

प्रशोधित मासु ससेजका साथै हटडग, सलामी आदिमा चाँडै खराब नहुनेगरी रसायन मिसाउनुका साथै स्वाद बढाउने तत्व हालिएको हुन्छ ।
सन् २०१५ मा विश्व स्वास्थ्य संगठनले प्रशोधित मासुका कारण कोलोरेक्टल क्यान्सरको खतरा बढ्ने पुष्टि गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार