चन्दालाई पाउन ‘ग्याङफाइट’


काठमाडौं । गायिका चन्दा घिसिङको नयाँ म्युजिक भिडियो ‘चोलीको तुना’ सार्वजनिक भएको छ ।

भारतीय मोडेल दिपान्सु थापाका साथमा सुमी मोक्तानले मोडलिङ गरेका म्युजिक भिडियो विज्ञान राईले निर्देशन तथा सम्पादन गरेका हुन् ।

राजीव समरको कोरियोग्राफी रहेको भिडियो हरि हुमागाईंले खिचेका हुन् । संगीतकार टीका बम्जनको शब्द एवम् संगीत रहेको सो गीतमा पवनवाङ लामाको संगीत संयोजन रहेको छ । राम्रो गीत र समूह भएकाले भिडियोमा मोडलिङ गरे पनि आफ्नो लक्ष्य र सपना चलचित्र भएको दिपान्सुको भनाइ छ । चोलीको तुना गायिका चन्दा घिसिङको नयाँ गीतिएल्बमको गीत हो । ‘चोलीको तुना कसिएर साह्रै टाइट भो, मलाई पाउन केटाहरूको ग्याङफाइट भो’ बोलको गीत निकै ‘क्याची’ छ ।

भारतको इलाहावादस्थित प्रयाग संगीत समितिबाट शाश्त्रिय संगीतमा बीम्युज गरेकी घिसिङ स्तरीय गीत गाउन रुचाउँछिन् । तामाङ भाषी चलचित्र ‘मायुङ बुरिङ’ (चेली–माइती), ‘मिख्ली’ (आँसु), ‘च्याङ्बा’ लगायत विभिन्न चलचित्रमा अभिनय गरेकी उनी अभिनयपछि गायनमा लागेकी हुन् ।

पहिलो गीतिएल्बम ‘मंगोलियन गर्ल’ मा समेटिएको ‘सुपरहिट’ गीत ‘झुम्का गिर्यो रे’ ले युट्युबमा ४० लाखभन्दा बढी भ्युअर्स पाएको छ । नयाँ गीतबाट पनि उनी उत्तिकै आशावादी छिन् । ‘गीत र भिडियो दुवै भनेजस्तो बनेको छ । झुम्का गिर्यो रेले जस्तै यो गीतले पनि श्रोता–दर्शकको माया पाउने अपेक्षा गरेकी छु,’ गायिका घिसिङले भनिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार