नेमको ‘ए हौ ठूली, हौ ठूली’ म्युजिक भिडियो सार्वजनिक


काठमाडौं । बेलायतमा रहेर गीत–संगीतमा पाइला राखेका नेम खापुङको पहिलो गीत ‘ए हौ ठूली, हौ ठूली’ गीतको भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ ।

मिलन अमात्य र लक्ष्मण लिम्बूको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा निराजन प्रधान र रेखा फागोले अभिनय गरेका छन् ।
टेकेन्द्र यक्सोको संगीत–संयोजनमा निर्मित म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन, दिनेश माङ्मु लिम्बूको कोरियोग्राफर, छत्र खापुङको निर्माण र लोकेन साँवाको निर्देशन रहेको छ ।

नेम खापुङको आफ्नै युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजानिक गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार