नेपाली चलचित्र दिगो विकासका लागि उदय अनिवार्य

सुरेश यक्सो

नेपाली चलचित्रको दिगो विकासका र विविध समस्या समाधानका लागि प्रदेश नम्बर १ को नेतृत्व अनुभवी निर्देशक उदय सुब्बाले गर्नुपर्ने कलाकर्मीले आवाज उठाउन थालेका छन् ।

निर्देशक सुब्बाले चलचित्र क्षेत्रमा दुई दशक लामो अनुभव बटुलिसकेका छन् । दुई दर्जनजति चलचित्र निर्माण र निर्देशनमार्फत दर्शकलाई कौशलता प्रदर्शन गरिसकेका छन् । सुब्बा प्रदेश नम्बर १ को चलचित्र क्षेत्रमा अनुभवी मानिन्छन् ।

नेपाली चलचित्र निर्माणपछि प्रदर्शनका लागि पहुँच हुनेले मात्र राम्रो समय पाउने गुनासो प्रदेश नम्बर १ का निर्माता र निर्देशकले गर्ने गरेको सुब्बाले बताए । उनीसँग चलचित्र क्षेत्रको लामो अनुभव भएकाले कलाकार र निर्माताको हित र संरक्षण गर्न सक्ने चलचित्र निर्देशक दिलप्रकाश यक्सोले बताए ।

सुब्बाले हालसम्म निर्माण गरेको ठूला चलचित्र तिम्रो लागि, लेखान्त, क्रान्ति, कानुन, अमर प्रीति, मेरो प्यारो माइतीघर, योद्धा, लभ इन चाइना बोर्डर, क्याराङ ग्याङ १–२, अग्नि र रिफ्युजी आदि हुन् ।

प्रदेश नम्बर १ मा जन्मेका सुब्बाले देश–विदेश घुमेर त्यहाँका चलचित्रकर्मीसँग परामर्श र सहकार्यसमेत गरेका छन् । प्रदेश १ मा वर्षमा एक दर्जनभन्दा बढी चलचित्र निर्माण हुने गरेको छ । चलचित्र निर्माणका लागि पूर्वको झापा, इलाम, धनकुटा, सुनसरी, तेह्रथुम, पाँचथर र ताप्लेजुङ उपयुक्त मानिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार