वीर अस्पतालबाट क्यान्सरपीडित राई भन्छन्– तपाईंको सानो सहयोग पाए पुनर्जन्म पाउँथें


पाँचथर । कमजोर आर्थिक अवस्थाका कारण क्यान्सर रोगको उपचार गर्न नसकेर जीवनमृत्युको दोसाँधमा रहेका धनराज राईले सहयोगको याचना गरेका छन् ।

भोजपुरको हतुवागढी गाउँपालिका–३ सिन्द्राङस्थित दुकिराङका ४२ वर्षीय राईले पेटमा भएको क्यान्सर शल्यक्रिया गर्न सात लाख रुपैयाँ अभाव भएकाले उपचारका लागि आर्थिक सहयोगको याचना गरेका हुन् । गत असारमा अचानक घरमै ढलेर बेहोश भएका राईलाई उपचारका लागि काठमाडौं लगिएको थियो ।

काठमाडौंको वीर अस्पतालमा उपचाररत उनको आन्द्रामा अल्सर देखिएपछि चिकित्सकले परीक्षण गर्दा क्यान्सर पत्ता लगाएको थियो । चिकित्सकले क्यान्सर शल्यक्रिया गरेपछि निको हुुने आशा देखाए पनि ७ लाख रुपैयाँ जुटाउन नसकेपछि मनकारी सहयोगी हातहरुलाई अनुरोध गरेको क्यान्सरपीडित राईले बताए ।

विभिन्न संघ–संस्थामा आबद्ध रही समाजसेवा गर्दै आएका राईको आर्थिक अवस्था नाजुक रहेकाले सरकारी निकायले समेत सहयोगका लागि सिफारिसपत्र प्रदान गरेको छ । उनको उपचारमा ऋण सापटी लिएको दुई लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको क्यान्सरपीडित राईले बताए ।

क्यान्सरपीडि राईलाई सहयोग गर्न प्राइम बैंकको खाता नम्बर ०४५००६९१ पीएस र ग्लोबल आईएमई बैंकको खाता नम्बर ३६०७१००११५२० मा जम्मा गरी मोबाइल नम्बर ९८००९५९०२४ मा जानकारी गराउन सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार