गाउँसभाका महिला सदस्य सुत्केरी भए १० हजार


बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गाउँसभाका महिला सदस्य सुत्केरी भए सहयोगस्वरूप एकमुष्ट १० हजार रुपैयाँ दिने भएको छ ।

अन्नपूर्ण गाउँ कार्यपालिकाको केही समयअघिको बैठकले गाउँ सभाका सदस्य महिला सुत्केरी भए १० हजार दिने र गाउँपालिकाभित्रका अन्य गर्भवती, सुत्केरी महिलाका साथै गरिब तथा विपन्नको उपचारमा सहज हुनेगरी कोष स्थापना गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए ।

अध्यक्ष पुनका अनुसार गाउँपालिकाभित्र रहेका प्रत्येक वडामा एक–एक लाखबराबरको आपतकालीन कोष स्थापना गरिएको छ । गाउँपालिकाको दुर्गम क्षेत्रमा रहेका महिलालाई गर्भवती अवस्थादेखि प्रसूतिसम्म आवश्यक पर्ने स्वास्थ्य सेवाबारे समेत सचेत रहेको पुनले बताए ।

जलविद्युत् र पर्यटनमा जिल्लामै अब्बल मानिएको गाउँपालिकाले आन्तरिक स्रोत व्यवस्थापनलाई समेत प्राथमिकता दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार