एलिनाको कमव्याक

काठमाडौं । नायिका एलिना बासकोटा लामो समयपछि चलचित्र ‘फेरिफेरि’ मा देखिने भएकी छन् । नायिका बासकोटा पुरन थापा निर्देशित फिल्म ‘फेरिफेरि’ मार्फत दर्शकमाझ अनुहारिने भएकी हुन् ।

हास्यचलचित्र भएकाले दर्शकले ‘फेरिफेरि’ बाट भरपूर मनोरञ्जन लिनेमा नायिका बास्कोटाले विश्वस्त छिन् । उनले यसअघि ‘आर्इ एम क्रेजी’, ‘अहिंसा’, ‘सञ्जीवनी’ र टेलिफिल्ममा अभिनय गरेकी थिइन् ।

ललितपुरको धापासीमा कुकुर व्यवसाय सञ्चालन गर्दै आएकी उनी समाजसेवीसमेत हुन् । कुकुर व्यवसायबाट हात लागेको आम्दानीबाट सामाजिक संस्था स्थापना गरी समाजसेवामा जुटेकी उनी जुम्बा र ‘डान्स टिचर’ समेत हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार