१९ महिनाअघि रोपेको पीपलमा पानी हाल्दै प्रधानमन्त्री बालुवाटार प्रवेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट बाहिरिँदै गर्दा १९ महिनाअघि रोपेको पीपलमा आइतबार साँझ पानी हाल्दै प्रधानमन्त्रीनिवास बालुवाटार सरेका छन् ।

प्रधानमन्त्री ओलीले गत २०७३ साउन १९ गते बालुवाटारबाट बाहिरिँदै गर्दा समृद्धिको प्रतीकस्वरूप रोपेको पीपलमा जल सिञ्चन गर्दै सरकारीनिवास प्रवेश गरेका हुन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार प्रधानमन्त्रीनिवासबाट सरेपछि प्रधानमन्त्री ओली सरकारीनिवासमा सरेका हुन् । प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार प्रवेश गर्दा पार्टीनेता, कार्यकर्ता तथा सरकारी कर्मचारीले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार