अपराधी समात्ने चस्मा

चस्माले अपराधी पत्ता लगाउँछ भन्दा विश्वास नलाग्न सक्छ । तर, विश्वास गर्न कर लागेको छ । चीनमा निर्मित चस्माले अपराधी समातेपछि विश्वास नगरी सुखै छैन ।

चीन सरकारले अपराध अनुसन्धानमा संलग्न प्रहरीलाई अपराधी पत्ता लगाउने चस्मा बाँड्न थालेको छ । सोे चस्मा लगाएका चिनियाँ प्रहरीले अपराधी समात्न सफल भएको बताइएको छ । चीनको झियाङ्सु प्रान्तको सेन्ट्रल रेल स्टेसनमा कार्यरत केही प्रहरीलाई हाइटेक चस्मा बाँडिएको हो ।

चस्माले यसरी पत्ता लगाउँछ अपराधी

चस्मामा हाइटेक फेस रिकग्निसन प्रविधियुक्त क्यामेरा जडान गरिएको हुन्छ । फेसियल रिकग्निसन प्रविधिजडित स्मार्ट चस्माका माध्यमबाट मानिसको अनुहार स्क्यान गर्छ । चस्मामा रहेको वायरलेस चिप्सले चाइना पुलिसको केन्द्रीय कम्प्युटर रहेको अपराधीको डाटाबेसमा पुलिसको आँखामा पर्ने व्यक्तिको अनुहार रेकर्डमा सर्च गर्छ ।

स्क्यान गरिएको अनुहार कुनै अपराधीसँग मेल खाएमा पुलिसले सो जानकारी प्राप्त गर्छ । जानकारी प्राप्त गर्न साथ उक्त व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार