‘डिक्सनेरी म्यान’

सुरेश यक्सो

मेरो एउटा साथी छ । फेसबुकमा कम देखिन्छ । एकदिन फोटो पोस्ट गर्दै ‘कमेन् हरु बरर अाइराछ तर म रिप्लाई दिन्न’ भन्यो । ‘हँ न किन’ भन्दै सोधेँ । ‘खगेन्द्र सङ्ग्रौला जस्ताहरूले रिप्लाई नै दिँदैन रछ नि त । त्यै भएर ।’ कुरा सुनेर गम् खाएँ ।

पत्रकार हुनु, लेखक हुनु, साहित्यकार हुनु गाह्रै छैन । गाह्रो चै यो क्षेत्रमा टिकिरहन हो । थुप्रै आशलाग्दाहरू आए-गए । पलायन हुनेक्रम जारि छ । कति अवसरको पर्खाइमा हल्लिएर बसेका छन् । जो टिके उनीहरुलाई साधुवाद गर्नै पर्छ ।

लेखन क्षेत्रमा नाम छ । अलिअलि फूर्तीफार्ती पनि होला । समस्या भने भयङ्कर छ । लेखक, पत्रकार साह्रै असुरछित कर्म । प्राय: मिडियामा तोकेजति र समयमा तलब नपाईने साझा समस्या छ । मन नपरेको लेखक, पत्रकार मकैबाट घुन निकाले जस्तो निकालिन्छन् । यस्ता कुरा बाहिर कम आउँछन् । सुनाउँदै हिँड्नु पनि भएन । पब्लिकले भाऊ दिंदैनन् भन्ने अर्को पिर । अझ पार्टिगत, समूहगत, जातिगत समस्याहरू बाहिर आउने हो भने नेता, कर्मचारी पछि गाली खाने यो क्षेत्र पर्नेछ ।

अब कपुरि ‘क’ बाट सुरु गरूम् । लेखनमा चर्चित नाम हो खगेन्द्र सङ्ग्रौला । भन्नेले गाली शिरोमणी, चाबेलको चाउरे, ट्वाके अनेक नाम गुथेका छन् । म चि ‘डिक्शनेरी म्यान’ भनेर चिन्छु । नचिन्नेलाई सजिलो छ सामाजिक सञ्जालमा सबैभन्दा बढी गाली खाने को ? भन्दा पत्ता लागि हाल्छ । हो वहाँ कै डायरि पढियो । पढ्नु त दुई लाइनको स्टाटस् पनि पढिनै रा’छु । माके बिलयपछि ठूलो रोष छ । खैर, छाड्दिम् ।

लेखकलाई थोरै नजिकबाट हेर्दा फरकधार भेटिन्छ । डिक्शनेरी काकाले भाषा, शैलि र त्यसको प्रयोग जादुमयि गर्छन् । मतलब खदिलो बनाइ जटिल वाक्यलाई सरल बनाउन माहिर छन् । शब्द ज्ञान अथाह छ । भन्नु पर्ने भन्छन् । लेखकको धर्म पनि यै हो । मुख्य सिक्नै यिनै हुन् ।

लेखक भएपछिको आरोह-अबरोहको पर्सनल डायरि भन्न रुचाएँ, यो पुस्तक । एकछिन हेरुम्नत भन्दाभन्दै सकिएको पत्तो भएन । लेखकहरूको नजिक रहेर होला पढ्दाताका एकदम मज्जा आयो । बिचबिचमा हाँसोको खित्का छुट्यो । अन्तिममा धन्न छुटाएछु भन्ने भान् पर्‍यो ।

लेखक कुमाइ बाहुन । श्रीमती तमु । छोराछोरी छेत्री । बिफ खाएको । त्यस्तै स्वाभिमानका कुरा र थुप्रैलाई काउन्टर देको रोचक छ । ‘राजधानी’ पत्रिकाले तलब नदेको प्रसङ्ग नि आएछ । मेरो आफन्त पनि पीडित थिए, उबेला । काम पनि गरो, धर्ना पनि बस्यो ।

एकठाम् त के भो भने शब्दै बुझिनँ । डिक्स्नेरी काका शब्द खेलाउन खप्पिस । होलान्त भनेर पढ्छु कतै मिल्दैन । पूरै अनुच्छेद पढेपछि पो था भो टाइप मिस्टेक । शुद्दाशुद्दी चै भष्मै र छ । दोस्रो संस्करणमा करेक्सन गरेर निकाल्नु पर्ने देखियो ।

अन्त्यमा, नछुटाउनु पर्ने एक पुस्तक ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार