अन्नपूर्ण पदयात्राका जोखिम

abc treking

नेपालको उत्तरी भेगतीर अवस्थित रहेको सेताम्मे हिमाल देखेर मन नलोभ्याउने स्वदेश वा विदेशी जमातहरू सायद कमै होलान । प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको भ्रमण गर्नु प्रकृतिप्रेमी सबैलाई इच्छा र चासोको विषय हो । यसै सोच र चासोलाई सार्थकता दिनका लागि दसैं अवधिको केहि विदालाई सदुपयोग गर्नका लागि पंक्तिकार लगायतका केहि शुभेच्छुकहरू मिलेर अन्नपूर्ण हिमालको आधार शिविरको यात्रा तय गरियो । सो तय गरिएको योजना मुताविक आधार शिविरको अवलोकन भ्रमण सम्पन्न गरियो । अन्नपूर्ण हिमालको आधार शिविरको क्षेत्र उपत्यका जस्तै रहेको देखिन्छ । यसको क्षेत्रलाई हिमाली उपत्यका भन्दा पनि खासै असर नपर्ला । यो प्राकृतिक रूपले जति मनोरम देखिन्छ । त्यस्तो हिमाली आधार शिविरमा पाइने सबै कुरा देख्न पाइन्छ । जुन स्मरणीय दृश्यलाई शब्दमा उतार्नका लागि यो आलेखको सोच गरिएको हो ।

यो आलेखमा समेट्एिका विषयवस्तु र दृश्यहरूको दृश्यावलोकन गर्नकालागि अमेरिका, यूरोप, एशिया महादेशका पदमार्गीहरू आउने गर्छन । तर यो दृश्य अवलोकनको लागि उचित समय भनेको मनसुनपछिको हिउँपर्नुर्पूवको समय अगष्टदेखि नोभेम्बर महिनाको मध्यसम्मलाई उचित मानिन्छ । यसै परिवेश र वृतान्तको पेरिफेरीलाई समेटेर आलेख विशेषतयः अन्नपूर्ण हिमालमा देखिएको आकृति र यसको यात्राको क्रममा देखिएको सकारात्मक तथा नकारात्मक पक्षको विश्लेषणात्मक वर्णन हो । जसमा पंक्तिकार स्वयंमले अनुभूति गरेको विचार अनुभव पनि हो । जुन तथ्यांकात्मक भन्दा पनि यात्रा वर्णनात्मकको रूपमा लिन सकिन्छ ।

अन्नपूर्ण हिमालको सन्दर्भ उल्लेख गर्दा, यसको सबै भन्दा अग्लो चुचुरो ८,०९१ मिटरको अन्नपूर्ण पहिलो दृश्यावलोकन गर्न सकिन्छ । यस्तै गरी ७,९३७ मिटर अन्नपूर्ण दोस्रो, ७,५५५ मिटर तेस्रोर ७,५२५ मिटर चौंथोको खुल्ला आँखाले हेर्न सकिन्छ । एउटा अभिलेख अनुसार अन्नपूर्ण हिमालको सबैभन्दा अग्लो चुचुरो अन्नपूर्ण प्रथमको पहिलो सफल आरोहण ३ जुन १९५० मा मौरिस हर्जोड, लुइसस लाचेनलको टोलीले गरेका कुरा अभिलेखमा देखिन्छ । यस भन्दापछिको समयमा असंख्या मात्रामा आरोहण भईरहेको छ । म पंक्तिकारले यो क्षेत्रको अवलोकन गरेको १ दिन अघि २ विदेशीहरूले केहि नेपालीहरूको सहयोगमा सफल रूपमा आरोहण गरेको थिए ।

dhana aathpahariyaअन्नपूर्ण हिमालको आधार शिविर जानको लागि असंख्य मात्रामा पदमार्ग खुलेको छन् तर दक्षिणी भेगबाट जानको लागि जुनसुकै पदमार्गको यात्रा तय गरे पनि छोम्रोङ्ग सानो सुन्दर र शान्त गाउँलाई छिचोलेर जानुको विकल्प देखिदैन । पदमार्गको यात्रा लामो कठिन भए पनि जंगल, झरना, पहाडी भेगको सुन्दर दृश्यले यात्रालाई सहज र सरल बनाउँदछ । पदमार्गमा बसाईको व्यवस्थापनलाई सरल र सहज बनाउनका लागि ५ देखि १० किलोमिटरको दुरीमा सामान्य होटलको व्यवस्था छ । जुन व्यक्तिगत रूपमा होटेलहरूको व्यवस्थापन गरिएको छ । यो पदमार्गको लागि पोखराबाट लगभग ४५ देखि ५० किलोमिटरको दुरीमा रहेको घान्द्रुक वडा नं. १ को सिउइसम्म यातायातको व्यवस्था गरिएको छ । त्यसपछि यात्राहरू पैदाल मार्गबाट तय गर्न सकिन्छ । आर्थिक रूपमा सम्पन्न र पैदाल यात्रा तय गर्न नसक्नेको लागि हेलिकेप्टरको माध्यमबाट पनि यो शिविरमा जान सकिन्छ । भने केहि घोडाका सौखिनहरूलाई घोडा चढीको माध्यमबाट पनि पदमार्ग पार गर्न सकिन्छ । तर बाटो साघुरो र व्यवस्थित नभएकोले बीच बीचमा दुईतर्फी वटुवाको अवातजावतमैं समस्या सिर्जना हुन भईरहेको हुन्छ । अर्कोतर्फ पहिरोले पदमार्ग भत्काई दिएकोले त्यसको पनि समस्या उत्तिकै मात्रामा खेप्नुपर्ने देखिन्छ । साना साना खोल्सीमा राखिएको फड्को माध्यमबाट खोला तर्दा जति मज्जा आउँछ त्यत्तिकै मात्रामा जोखिम पनि देखिन्छ ।

वाग्लुङ्ग, पर्वत जाने मुख्य राजमार्गबाट शुरुहुने यो पदमार्ग सुरक्षामा कतै पनि सुरक्षा निकायहरूको उपस्थिति नदेखिन्नुले पदमार्गमा यात्रा गर्ने फिरन्तेहरूलाई पदयात्रा भर सुरक्षाको शंका उब्जाईरहन्छ । लगभग ३ दिनको पैदाल यात्रामा कँहि कतै सुरक्षा निकायको सामान्यत चौकीसम्म नहुनुले पनि पदयात्रीहरूलाई निसंकोच तरिकाले यात्रा गर्न नसकी यात्राको क्रममा असंख्य प्रश्नचिन्ह उब्जाईरहेको हुन्छ । यूरोप, अमेरिका, दक्षिण पूर्व र मध्य एशियाका पदयात्राको आएका पदयात्रीलाई वारम्बार प्रश्नचिन्ह खडा गर्नेछ । पदयात्राको क्रममा कुनै आकास्मिक दुर्घटना भएको अवस्थामा यहाँ ठूलो समस्या सिर्जना हुने देखिन्छ । अन्नपूर्ण र माछ्रापुच्छे हिमालको आधार शिविर आसपासमा हिमपात भएर ठूलै समस्या सिर्जना भए त्यसको लागि उद्दारको लागि पनि कुनै निकाय रहेको देखिेन्दैन । आकस्मिक रूपमा हुने दुर्घटना मात्र होइन । खराव आचारण तथा नियत वा चोरी लुटपाट पनि उत्तिकै मात्रा डर त्रास अध्याधिक रूपमा जोखम देखिएको छ । यस्तै वन्यजन्तुले हुने आक्रमणको त्रास पनि उत्तिकै मात्रा देखिन्छ । जसबाट कम क्षति गराउनका लागि कुनै सुरक्षा निकायको तल्लो संयन्त्र त्यस क्षेत्रमा रहेको देखिन्दैन ।

पैदाल यात्रा शुरु हुने सिउइदेखि अन्नपूर्ण हिमालको आधा शिविरसम्म सामान्य रूपमा उपलब्ध हुने प्राथमिक उपचार सेवा केन्द्र पनि रहेको देखिन्दैन । जसले गर्दा यात्राको क्रममा हुने सामान्य घाउ र उच्चस्थानमा जाँदा लाग्ने लेकको लागि सामान्य जानकारी र उपचारको साधनहरूनपाइने भएकोले मनोवैज्ञानिक रूपले त्यसको असर पदयात्रीहरूमा प्रशस्त मात्रामा देखिन्छ । जसले गर्दा पदयात्रामा रहेका पदयात्रीहरूलाई उच्च स्थानमा जाँदा लेक लाग्दाको सामान्य उपचार जानकारी समेत पाउन नसकिरहेको अवस्था छ । यस्तैगरी सामान्य रूपमा हुने घाउ चोटको उपचार समेत पनि समस्या पर्ने देखिन्छ । हातखुट्टा मर्किएको खण्ड पनि त्यसको लागि सामान्य व्याण्डेज प्राप्त गर्ने स्थान पनि पाउन सकिन्दैन । जुन विदेश वा स्वदेशी पाहुनको लागि लाजस्पद र लाज लाग्दो कुरा पनि हो । यसकालागि राज्य तहबाट खासै केहि भूमिका निर्वाह हुन सकेको छैन । जसले गर्दा पदयात्राकै नकरात्मक पक्षहरू यस क्षेत्रमा बढ्नेसक्ने सम्भावना ज्यादै मात्रामा देखिन्छ ।

५ देखि १० किलोमिटरको दुरीमा होटेलहरू स्थानीय समुदायहरूद्धारा स्थापना गरिएको छ । जसले गर्दा पदयात्रीहरूको पदयात्रालाई सहज र सरल बनाई दिईरहेको छ । तर ती होटलहरूको स्तर निर्धारणको गर्ने तरिका एक्याप भन्ने संरक्षित संस्थाले वाहेक राज्यको कुनै पनि निकायबाट ध्यान पु¥याउन सकिएको छैन । अर्कोतर्फ स्वादेशि पदयात्रीहरू भन्दा विदेशी पदयात्रीहरूलाई बढी ध्यान दिने भएकोले स्वदेशी पदमार्गीहरूमा नकारात्मक असर पर्ने देखिएको छ । जसको ज्वलन्त उदाहरण पंक्तिकार स्वयम् आफैं समूह अन्नपूर्ण आधार शिविरको सेन्चुरी होटेलको भान्छा कोठामा सुत्न वाध्य हुनेले पनि यसको वस्तुस्थिति झलकाउँछ । यो अवस्था आधार शिविरको आसपासमा मात्र होइन यात्राको क्रममा सबै स्थान हुने आर्थिक विभेदको रूपमा बसाईको व्यवस्थापनलाई लिन सकिन्छ । अर्कोतर्फ पाइहाले पनि विदेशको आगमन नहुने र उनीहरूको रोजाईमा नपरेको कोठामा वस्न वाध्य हुनेपर्ने तितो यथार्र्थ रहेको देखिन्छ ।

विना स्वीकृती आधार शिविर भन्दा माथिको भेग वा हिमालका तल्लो भेगमा स्वइच्छा जाने भएकोले त्यसबाट आउने जोखिमको लागि खासै अनुगमन र नियन्त्रण गर्ने सरकार संयन्त्र नहुनुले पनि समस्याहरू सिर्जना गर्ने गरेको अनुभव गर्न सकिन्छ । जसकोलागि मौसमिक रूपमा राज्यको उपस्थितिको आवश्कता देखिन्छ । अर्कोतर्फ आरोहणमा जाने आरोहीहरूको लागि यस्तो अवैधानिक रूपमा हिमालको तल्लो भूभागमा हुने भ्रमणले पदमार्गलाई असर पार्ने देखिन्छ । जसको लागि सरकारले समयमैं आवश्यक उचित कदम चाल्नु पर्ने हुन्छ ।

पदयात्राको शुरुको स्थानदेखि अन्त्यसम्मको गन्तब्यमा सरकारको तल्लो निकायको उपस्थित देखिन्दैन । विदेशी पदयात्रीहरूको लागिप्रवेश शुल्क अशुल्नका लागि छोम्रोङ्गमा एउटा सानो इकाई वाहेक अरू केहि पनि देखिन्दैन । जसले गर्दा पदयात्रामा रहने पदयात्रीहरूलाई यस क्षेत्रमा सरकारको उपस्थिति नभएको भन्ने प्रष्ट रूपमा देख्न सकिन्छ । यसले गर्दा सरकारले जति पदयात्रीहरूबाट शुल्क असुल्नु पर्ने हो त्यो असुल्न नसकेको अनुभव गर्न सकिन्छ । जसले गर्दा सरकारको आलोचना बढी रहेको छ ।

अन्नपूर्णको आधार शिविरलाई हरेक वर्ष अन्नपूर्ण हिमालबाट आउने हिमनदीको प्रभावले हरेको वर्षे पूर्वी भागतीर कटान गरिरहेको देखिन्छ । जसले गर्दा आधार शिविरको भविष्य दिनप्रतिदिन खतरामा पर्दै गईरहेको स्थानीय समुदायहरूकोे चिन्ता बढाईरहेका छ । यसले गर्दा केहि समयको अवधिपछि तत्कालै कटान रोक्ने प्रयास भएन भने आधार शिविर चाँडै नष्ट हुने देखिन्छ । जसले गर्दा आधार शिविर भन्दा मुनिका भू–भाग सबै जोखिममा पर्ने अनुमान गर्न सकिन्छ । यो अवस्था सिर्जना भएमा माछापुच्छ्रे आधार शिविर, दोभान, हिमालय, बम्वो लगायतका क्षेत्रहरू प्रत्यक्ष रूपमा असर पर्ने देखिन्छ । अर्कोतर्फ पदमार्गको ठाउँठाउँमा गएको स–साना पहिरोको कारण पदयात्रालाई थप जोखिम र जटिल बनाएको छ । जसलाई रोकथाम वाहेक केहि गर्न सकिन्न ।

अन्नपूर्णको पदमार्गलाई आर्थिक सम्मृद्र्धीको आधारको रूपमा यसलाई लिन सकिएको छैन । यो पदमार्गले पश्चिमाञ्चल त्यसमा पनि कास्की जिल्लाको घान्द्रुक गाविसको आर्थिक समृद्धीको लागि उपयोग गर्न सकिने प्रशस्त आधारहरू छन् । जसलाई उचित उपयोग गर्न सकिन्छ । जसको लागि सरकार वा राज्यको उपस्थिति बलियो रूपमा हुन जरुरी रहेको छ । राज्यको उपस्थिति भनेको सुरक्षा, प्राथमिक स्वास्थ, व्यवस्थित होटेल वा वासको व्यवस्थापन त्यसको साथै पदमार्गको सहजताको जरुरी देखिन्छ । यसको लागि सरकार आफैं उपस्थिति हुन पनि जरुरी छ । यदी यसको विकल्पमा जनसहभागिता, साझेदारी र नीजि रूपबाट पनि गर्न सकिने आधारहरू प्रशस्त देखिन्छ । तर यसको लागि खासै पहल भएको पदयात्राको क्रमा देखिन्दैन । जसले गर्दा पदयात्रीहरूबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमालको आधार शिविरको बारेमा जति चर्चा, परिचर्चा हुनुपर्ने त्यो हुन नसकेको देखिन्दैन । जसले गर्दा कयौं पदयात्रीहरू घान्दु्रक र छोम्रोङ्गबाटै फर्कन बाध्य छन् । यसर्थ रसडकको पहुँच बढाउन भन्दा पनि भईरहेको संरचनाहरूमा सुधार र वृद्धि गर्नु पर्ने आवश्यकता खड्किएको छ । अर्कोतर्फ जलवायु परिवर्तन र भिरालो जमिनको कारण अन्नपूर्ण हिमालको आधार शिविरलाई दिन प्रतिदिन भूक्षय गराई रहेकोले सोको रोकथाम हुन सकेन भने अन्नपूर्ण हिमालको आधार शिविरको वर्तमान स्वरूप नरहने भएकोले तत्कालै त्यसतर्फ ध्यान दिनुपर्ने भएकोले सो पनि उत्तिकै मात्रामा ध्यान दिन जरुरी रहेको छ । यस्तै अवैधानिक रूपले अन्नपूर्ण हिमालको तल्लो क्षेत्रमा पदयात्रीहरू गर्ने अवलोकन तथा यात्राको अन्त्य हुन हुन जरुरी छ । पदयात्रीहरूले लगेका नष्ट नहुने धातु तथा प्लाष्टिकजन्य वेकारको वस्तुले विदेशी पदयात्रीहरूमा नकारात्मक सन्देश प्रभाव पारिरहेकोले त्यसको रोकथामको लागि पदयात्राकै शुरुवातमैं त्यसको बारेमा जानकारी दिनु जरुरी देखिन्छ ।

एक्लै र सानो सानो समूहमा जाँदा शान्ति सुरक्षाको समस्या पनि उत्तिकै मात्रा यस क्षेत्रमा देखिन्छ । जसको लागि सरकार वा राज्यले यसको लागि पनि तत्कालै उचिक कदम चाल्नुको विकल्प छैन । अर्कोतर्फ स्वदेशी र विदेशी पदयात्री माथि होटेल संचालकहरूले गर्ने विभेदको अन्त्य हुन जरुरी रहेको छ । यस्तै गरी विदेशीले बढी र नेपालीले कम खर्च गर्छन भन्ने मान्यता बदल्नका लागि होटल संचालकहरूलाई अभिमुखीकरण जानकारीमूलक सचेतनाको अभिवृद्धिमूलक कार्यक्रम गर्नुपर्ने देखिन्छ । पछिल्लो डेढ दशकमा जसरी प्रविधिको विकास भएको छ । त्यत्ति मात्रामा यसक्षेत्रमा सञ्चारको विकास हुन सकेको छैन । जसका लागि संचारको साधानको उपकरणहरूमा प्रविधिको विकास हुनुपर्ने कुरा पनि उत्तिकै मात्रा खड्किएको पक्षको रूपमा लिन सकिन्छ । अर्कोतर्फ पदयात्रको पदमार्गलाई व्यवस्थिति बनाउनका लागि पदमार्गको गोरेटो बाटोको उचित व्यवस्थापन गर्न सकिन्छ । जति भएको छ त्यो बढी जनसहभागिताबाटमात्रा भएको देखिने भएको यसको वृद्धि वा सरकारी लगानी बढाउनुको विकल्प देखिन्दैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार