मंगलटारका विश्वकर्मालाई आगो फुक्ने १० आधुनिक मेसिन


मंगलटार (खोटाङ) । हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख इबन राईले हलेसी–तुवाचुङ नगरपालिका–६ मंगलटारका विश्वकर्मा समुदायलाई आगो फुक्ने १० आधुनिक मेसिन हस्तान्तरण गरेका छन् ।

परम्परागत रूपमा फलामको काम गर्दै आएका विश्वकर्मा समुदायलाई वडाको वार्षिक बजेटअन्तर्गत आगो फुक्ने आधुनिक मेसिन उपलब्ध गराइएको हलेसी–तुवाचुङ नगरपालिका–६ मंगलटारका वडा अध्यक्ष रमेश राउतले जानकारी दिए ।

 

आगो फुक्ने आधुनिक मेसिन पाएपछि विश्वकर्मा समुदायले आफ्नो पेसालाई निरन्तरता दिन सजिलो भएको प्रतिक्रिया दिएका छन् । परम्परागत पेसालाई प्रोत्साहित गरेपछि मंगलटारका विश्वकर्मा समुदाय हर्षित छन् । उनीहरू खुसी हुनु भनेको उपभोक्तालाई सजिलो बनाउनु हो ।

फलामसँग खेल्ने, आरानमा रमाउने, घन, हथौडा चलाउँदै कृषि औजार निर्माण गर्दै कृषि पेसालाई उत्पादनमूलक र व्यवस्थित बनाउन विश्वकर्मा समुदायले ठूलो योगदान गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार