त्यसपछि कसैलाई फोन गर्दा ‘हेलो’ भन्न थालियो


कसैले हामीलाई फोन गर्यो भने वा हामीले कसैलाई फोन गर्यौं भने फोन उठाएपछि फोनबाट सुनिने र भनिने पहिलो शब्द भनेको ‘हेलो’ हो । जब हामी फोनमा ‘हेलो’ भन्छौँ अनि मात्र अन्य कुराकानी अगाडि बढाउँछौँ ।

अङ्ग्रेजी शब्द हेलो भनेको बोल्नु हो । हामीले पनि यही हेलो शब्दलाई नै टेलिफोन उठाउँदा प्रयोग गरिएको होला भनेर अनुमान गरिरहेका छौँ । र, यसैलाई निरन्तरता दिइरहेका छौँ । तर, हाम्रो यो अनुमान गलत रहेको छ । टेलिफोन उठाउँदा हेलो शब्दको प्रयोग कसरी भयो भन्नेमा चाहिँ एउटा रोचक कथा रहेको र यो निकै आश्चर्यलाग्दो पनि छ ।

हामी सबैलाई थाहा छ– टेलिफोनका आविष्कारक महान् वैज्ञानिक ग्राहम बेल हुन् । उनले वर्षौं लगाएर टेलिफोनको आविष्कार गरेका हुन् । ध्वनिविज्ञानका ज्ञाता बेलले सन् १८७६ मा टेलिफोनका साथै मेटल डिटेक्टरको समेत आविष्कार गरेका थिए । वैज्ञानिक बेलले टेलिफोनको आविष्कार गर्नेक्रममा एकै किसिमका दुई टेलिफोन बनाएका थिए । जसमा एउटा टेलिफोन उनले आफ्नी प्रेमिकालाई उपहारस्वरूप दिएका थिए ।

बेलले फोनको परीक्षण गर्नेक्रममा उपहारस्वरूप प्रेमिकालाई दिएको फोनमा पहिलोपटक कुरा गरे र आफैँले ‘हेलो’ भने । वास्तवमा ‘हेलो’ उनको प्रेमिकाको नाम थियो । उनको प्रेमिकाको पूरा नाम मारग्रेट हेलो थियो । बेल आफ्नी प्रेमिकालाई जहिले पनि हेलो भनेर बोलाउने गर्थे । यसपछि फोन उठाउँदा हेलो शब्द सम्बोधनका रूपमा प्रचलित हुन पुग्यो र आजसम्म पनि यो कायमै छ ।

शनिवार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार