गुरुङसहित नौजनालाई गोधूलि साहित्यिक सम्मान


काठमाडौं । गोधूलि साहित्यिक प्रतिष्ठानले संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङसहित विभिन्न क्षेत्रमा योगदान पु‍र्याउने नौजनालाई अभिनन्दन तथा सम्मान गरेको छ ।

वरिष्ठ साहित्यकार भद्रकुमारी घलेको ८७औं जन्मदिनको अवसर पारेर हालै आयोजित उक्त कार्यक्रममा प्रतिष्ठानले बरिष्ठ संगीतकार बुलु मुकारुङसहित चारजनालाई अभिनन्दन गरेको हो । सो प्रतिष्ठानले मुकारुङसहित जलेश्वरी श्रेष्ठ, डा. लक्ष्मणप्रसाद गौतम र डा. सीता सिवाकोटीलाई गोधूलि विषेश अभिनन्दन गरेको थियोे ।

यसैगरी, प्रतिष्ठानले समाजसेवी पशुपति गुरुङसहित पाँचजनालाई विषेश सम्मान गरेको थियो । सम्मानित हुनेमा रथी बलदेव महत, अमृत विश्वकर्मा, खेम तिरुवा र शशी थापा पण्डित छन् । उनीहरूलाई वरिष्ठ साहित्यकार वसन्तकुमार शम्र्मा नेपाल र भद्रकुमारी घलेले संयुक्त रूपमा सम्मान गरेका थिए ।

प्रतिष्ठान अध्यक्ष प्रकाश समीरको अध्यक्षतामा भएको सो सम्मान कार्यक्रममा भाषासेवी तथा समाजसेवी संस्कार नेपालकी अध्यक्ष गुरुङले महिला पछि पर्नुका कारण नेपाली संस्कार र सोच रहेको भन्दै पहिले हामी बदलिनुपर्ने सुझाइन् । गुरुङले नेपाली संस्कार समाज नेपाल त्यही सामाजिक रूपान्तरणको महान् लक्ष्य लिएर अभियान चलाइरहेको बताइन् ।

वरिष्ठ साहित्यकार शम्र्माले साहित्य र कलाको माध्यमबाट समाज परिवर्तनमा योगदान पु‍र्याउन सक्नु नै महान् कार्य भएको बताए ।
कार्यक्रममा भद्रकुमारी घले, सम्मानित हुनेहरूको तर्फबाट डा. लक्ष्मणप्रसाद गौतम, बलदेव महत, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइली, स्रष्टा लक्ष्मी उप्रेतीलगायतले साहित्यमार्फत गोधूलि साहित्यिक प्रतिष्ठानले पु‍र्याएको योगदानको चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार