फेसबुक : तन्नेरीले छाड्दै, पाका जोडिँदै

सर्वाधिक लोकप्रिय सामाजिक सञ्जालमध्ये युवापुस्ता फेसबुक प्रयोग गर्न छाड्दै गएका छन् भने पाकापुस्ता जोडिन थालेका छन् ।

अमेरिकाको इ–मार्केटरले गरेको अध्ययनअनुसार फेसबुक प्रयोगकर्ता युवापुस्ता इन्स्टाग्राम, स्न्यापच्याटप्रति आकर्षित देखिएका छन् । अमेरिकी फेसबुक प्रयोगकर्ता बढ्दै जानुका कारण पाकापुस्ताका प्रयोगकर्ताको जनसंख्यामा वृद्धि हुनु हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फेसबुकलाई युवापुस्ताका प्रयोगकर्ता आकर्षित र टिकाइराख्ने चुनौती रहेको छ ।

इ–मार्केटरको तथ्यांकअनुसार, फेसबुकले यस वर्ष २५ वर्षभन्दा कम उमेरका २० लाखभन्दा बढी प्रयोगकर्ता अमेरिकामा गुमाउनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार