नेपालमै पहिलोपटक अस्ट्रेलियन भाषाको पढाइ


काठमाडौँ । ‘न्यो लिङ्वा इन्टरनेसनल करियर सेन्टर’ ले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको अस्ट्रेलियन भाषा पढाइ सञ्चालन गर्ने भएको छ ।

सेन्टर अध्यक्ष सुरज राजभण्डारीले अस्ट्रेलियामा गएर अध्ययन गर्ने विद्यार्थीका लागि सजिलो होस् भनेर आउँदो सातादेखि उक्त भाषामा नेपालमा पहिलोपटक पढाउन लागिएको बताए ।

“नेपालबाट आइएल्स गरेर गएपछि अस्ट्रेलियामा फेरि अर्काे परीक्षा पनि दिनुपर्छ,” उनले भने, “अनुत्तीर्ण भएपछि पुनःअस्ट्रेलिया भाषा पढ्नुपर्छ । त्यसैले यहाँ नै विद्यार्थीलाई उक्त भाषाको सबै कोर्स अध्ययन गराउन लागेका हौँ ।”

अस्ट्रेलियाको युनिभर्सल अफ टेक्नोलोजी सेन्डेनी विश्वविद्यालयको सहयोगमा सेन्टरले नेपालमा १० हप्ताको उक्त भाषाको कोर्स पढाउन लागेको हो । उक्त भाषा पढ्न अस्ट्रेलियामा विद्यार्थीले एक हप्ताको ५०० डलर तिर्नुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार