सगरमाथा आरोहण तयारीमा जुटेकी पत्रकार चाम्लिङलाई खाम्बातिमको आर्थिक सहयोग


काठमाडौं । किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय समितिले सगरमाथा आरोहण तयारीमा जुटेकी देउराली चाम्लिङलाई ६६ हजार ८ सय १५ रुपैयाँ सहयोग गरेको छ ।

खाम्बातिम केन्द्रीय समितिले किरात राई चाम्लिङ खाम्बातिम युकेको सक्रियतामा संकलित रकम उपाध्यक्ष चन्द्रा चाम्लिङले पत्रकार चाम्लिङलाई हस्तान्तरण गरेकी हुन् ।

पत्रकार चाम्लिङले खाम्बातिमको झन्डा लिएर सगरमाथाको चुचुरोमा पुग्ने अठोट गरेकी छन् । ‘खाम्बातिमको १६औं स्थापना दिवसमा संस्थाको झन्डा हस्तान्तरण गरिसकेका छौं,’ किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय उपाध्यक्ष चन्द्रा चाम्लिङले सुनाइन्, ‘चाम्लिङ राईको पहिचान एउटी चेलीमार्फत सर्वोच्च शिखर सगरमाथा पुग्दै छ ।’

आगामी अप्रिलमा चाम्लिङसहित पाँच पत्रकार महिला सगरमाथा आरोहण तयारीमा जुटेका छन् ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा खाम्बातिम उपाध्यक्ष चन्द्रा चाम्लिङ, महासचिव लिलमराज राई, सचिव जितकुमार राई, सदस्य राजुविक्रम चाम्लिङलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार