कृष्टिना सुनुवार उपचारार्थ संकलित रुपैयाँ आफन्तलाई हस्तान्तरण


काठमाडौं । रक्तक्यान्सर उपचारक्रममा निधन भएकी कृष्टिना सुनुवारको उपरार्थ संकलित रुपैयाँ स्व. सुनुवारको आफन्तलाई हस्तान्तरण गरिएको छ ।

सामाजिक अभियन्ता खुसी राईले ७ लाख ८ हजार २ सय ३० रुपैयाँको भौचर स्व. सुनुवारको आफन्तलाई हस्तान्तरण गरेकी हुन् ।

लिखु गाउँपालिका–४, ओखलढुंगाकी सुनुवारको उपचारका लागि सहोदर दिदीहरू तास्ना रुपाचा र तृष्णा रुपाचाको नाममा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको थियो । दुई खातामध्ये ११४०००००९३०५ मा ३ लाख ५४ हजार १ सय १५ रुपैयाँ जम्मा भएको थियो । यसैगरी, खाता नम्बर ११४०००००९४०५ मा ३ लाख ५४ हजार १ सय १५ जम्मा भएको सामाजिक अभियन्ता राईले जानकारी गराइन् ।

चित्रा नेम्वाङ (बेलायत), देव भट्टराई (दुबई) बाट ३ लाख २७ हजार ३१०, यशोदा राई (अमेरिका) बाट ६३ हजार ७ सय २१ रुपैयाँ बैंकमा जम्मा भएको थियो । त्यस्तै, शान्ती गुरुङ (सिंगापुर) २९ हजार ६ सय ५२, सञ्चमान राई (भुटनीज समाज पेन्सिलभेनिया अमेरिका) बाट २ लाख २ हजार ६८०, युएस गुरुङ (अमेरिका) बाट ३२ हजार २४४ र नेपाल, कतार, बहराइनलगायत विभिन्न देशबाट ५२ हजार ७ सय २३ संकलन भएको थियो ।

चार वर्षीया कृष्टिना सुनुवारको रक्त क्यान्सर उपचारक्रममा गत फागुन १८ गते निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार