सेक्सी सोनिका


नाच्नु रहर । हरर फिल्म हेर्नु लत । डाक्टर, इन्जिनियर बनाउने परिवारको उत्कट चाहना । परिवारको चाहना लत्याउँदै पत्रकारितामा दस जोडसम्मको अध्ययन पूरा ।

रहर लागेपछि कसैको केही लाग्दैन । सुत्नअघि जहिल्यै हरर फिल्म हेर्ने उनलाई हरर मुभीमा अभिनय गर्ने रहर पलायो । भन्छिन्, ‘अभिनयमा बोल्ड रोल मन पर्छ ।’

बूढानीलकण्ठ स्कुलबाट विद्यालय शिक्षा पूरा गरेकी मोडल सोनिका रोकायाले छोटो समयमा तीन म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । रोकायाको दाबी छ, ‘लभस्टोरी, भिलेन, ट्राजडी भूमिकामा अभिनय गर्ने खुबी छ ।’
टीभीमा देखिने बाल्यकालको सपना उनले पूरा गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार