संसारकै अग्लो तिलिचो तालमा नयाँ वर्ष मनाइँदै


मनाङ । नयाँ वर्ष मनाउन केही वर्षयता आन्तरिक पर्यटकको रोजाइमा मनाङ पर्न थालेको छ ।

नयाँ वर्ष मनाउन तिलिचो आउनेमध्ये सबैभन्दा धेरैको रोजाइमा तिलिचो ताल पर्ने गरेको हो । यहाँ नयाँ वर्ष मनाउनका लागि आउने आन्तरिक पर्यटकको चाप बढेको छ ।

दसैं–तिहारको छुट्टीमा जस्तै नयाँ वर्ष मनाउन आफूहरूको रोजाइमा मनाङ परेको पर्यटक स्नेह कार्की बताउँछन् । विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल, मनाङ गाउँको काखमा रहेको गंगापूर्ण ताल र पिसाङमा रहेको पिसाङ ताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेका हुन् ।

हिमशृंखलाबाट बनेका तालतलैया र यहाँको मौलिक परम्पराले जोकसैलाई पनि मोहित बनाउँछ । यहाँको सौन्दर्यमा रमाउन स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्छ । गत वर्ष नयाँ वर्षकै दिन यहाँ पाँच सयभन्दा बढी आन्तरिक पर्यटक आएका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ ।

यसपटक उक्त संख्या दोब्बरले बढ्ने मनाङ जिल्ला पर्यटन व्यवसायी संघ अध्यक्ष विनोद गुरुङले बताए । “मनाङ घुम्न आउने आन्तरिक पर्यटकका कारण यहाँका होटल भरिभराउ हुने गरेका छन्,” उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार