गजल : गुडफ्राइडेमा तिमीसँगै सफ्ट बियर खान्छु कान्छा

सीमा आभास

 

मसँग आजै हिँड घरज्वाइँ राख्न लान्छु कान्छा
दिनभरि घर रुँघ्नु अफिस म नै जान्छु कान्छा ।

चुरा, धागो, सिन्दुर, पोते केही दिनुपर्ने छैन
चुलाचौका धान्यौ भने सहयोग ठान्छु कान्छा ।

दिनभरि मेरो बाटो कुर्दा दिक्क लाग्यो भने
बिदाको दिन घुम्ने, खाने जे भने नि मान्छु कान्छा ।

म्यारिज खेल्दै रेडलेबल पिउने तिम्रो सोख पनि
घरमै पूरा गरिदिउँला व्यवहार म धान्छु कान्छा ।

पियौ भनी रिसाउँदिनँ विचार बदलिसकेको छ
गुडफ्राइडेमा तिमीसँगै सफ्ट बियर खान्छु कान्छा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार