सोनामले सघाउने

काठमाडौं । मिसेस् मङ्गोल नेपाल–२०१६ विजेता सोनाम थुलुङ राईले थुलुङ राई भाषा पाठ्यक्रम–पाठ्यपुस्तक विकास समितिलाई सघाउने भएकी छन् । समितिले शुक्रवार काठमाडौंमा गरेको कार्यक्रममा राईले सो प्रतिबद्धता जनाएकी हुन् ।

कार्यक्रममा भाषा नजाने पनि आफू जन्मले थुलुङ राई भएकाले थुलुङ राई समुदायको उत्थानका निम्ति आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने बताइन् । ‘इतिहासमै पहिलोपटक तयार भइरहेको थुलुङ राई भाषाको पाठ्यपुस्तक निर्माण कार्य पुण्य कार्य हो,’ उनको भनाइ छ, ‘एक थुकी सुकी, सय थुकी नदी’ भनेझैं यस पवित्र कार्यमा नैतिक, भौतिक, आर्थिक, बौद्धिक सबैखाले सहयोग सबैले गर्नुपर्छ ।’ उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण थुलुङ राईलगायत गैरथुलुङलाई यस पुण्य कार्यमा सहयोग गर्न आह्वान गरेकी छन् ।

 

कार्यक्रममा खोटाङको सल्लेमा रहेको शान्तोदय मावि शिक्षक तथा सहसंयोजक कीर्तन थुलुङले अहिलेसम्म आफूले सङ्कलन गरेको सहयोग १ लाख १५ हजार ५ सय १५ रुपैयाँ थुलुङ राई भाषा पाठ्यक्रम–पाठ्यपुस्तक विकास समिति संयोजक खुक्सङ खम्बुलाई हस्तान्तरण गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार