होलेसुङ पार्कनजिकै प्रतीक्षालय

विशेषता राई

दुर्छिम, साल्तेम्मा (खोटाङ) । हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम साल्तेम्माको पीपलडाँडामा रहेको होलेसुङपार्क नजिक प्रतीक्षालय निर्माण गरिएको छ ।

होलेसुङ पार्क निर्माण अभियन्ता भूपेन्द्रकुमार राईको पहलमा प्रतीक्षालय निर्माण गरिएको हो । ३२ हजार ५ सय रुपैयाँमा फलामबाट निर्मित प्रतीक्षाले बटुवालाई थकाइ मार्ने गतिलो माध्यम बन्ने शिक्षा मन्त्रालयका शाखा अधिकृतसमेत रहेका राईको भनाइ छ ।

पार्क निर्माणका लागि सामाजिक सञ्जाल फेसबुकबाट संकलितमध्ये बाँकी रहेको रुपैयाँबाट प्रतीक्षालय निर्माण गरिएको हो । प्रतीक्षालयमा बसेर दक्षिणपट्टि आँखाअगाडि सुनकोसी बगेको देख्न सकिन्छ भने उदयपुरको पहाडी क्षेत्र देख्न सकिन्छ । पूर्वपट्टि खोटाङका पूर्वी क्षेत्र, स्याल्मे, ट्याम्के देखिन्छ भने पश्चिमपट्टि भुम्जु गढी र सिन्धुलीका केही भू–भाग देखिन्छ ।
पार्क निर्माणपछि सामाजिक सञ्जालमा धेरैले खुसी व्यक्त गरेका छन् । फेसबुकमा राई बिमला भन्छिन्, ‘होइन कति राम्रो ।’

हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम साल्तेम्मानिवासी कवि तथा गजलकार विक्रम चेतनशील राईले खुसी व्यक्त गरे, ‘राम्रो काम ।’

तिलक चाम्लिङ लेख्छन्, ‘हाम्रो होलेसुङ, हाम्रो समृद्धि ।’

हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम छापडाँडाका विष्णुबहादुर राउत गर्व गर्छन्, ‘सुन्दर हाम्रो गाउँ, हाम्रो ठाउँ ।’

एकराज बुढाथोकीको बुझाइ छ, ‘नयाँ प्रगति भएछ ।’

हलेसी–तुवाचुङ नगरपालिका–८ धितुङनिवासी हाल मोरङ बसोबास गर्ने प्रदीपराज कार्कीले लेखे, ‘राम्रो प्रगति छ है सर ।’
यसैगरी, ऋषिराज शर्मा लेख्छन्, ‘ल बधाइ छ सर ।’

सीताराम भट्टराईको ठम्याइ छ, ‘गाउँको यादहरू छ मित्र ।’

हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुनिवासी हाल अस्ट्रेलियामा बसोबास गर्ने समाजसेवी भरणसेर राई सुनाए्, ‘आदरणीय, माननीय होलेसुङनिवासी सम्पूर्ण समुदायहरू एकत्रित भएर होलेसुङ पार्कको प्रगतिमा लागिपर्नुभएको हार्दिक धन्यवाद छ ।’

हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम कोटगैरानिवासी हाल ललितपुरमा बसोबास गर्ने मन्टुका राई भन्छिन्, ‘होलेसुङ पार्कमा प्रतीक्षालय, हामी सबैलाई बधाइ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार